Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

आफूसँग भएका ज्ञान र शिप स्वदेश कै उन्नतिका लागि प्रयोग गरौँः शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र शिप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गरेकी छन् । पछिल्लो समय युवा पलायनको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राज्यमन्त्री कुमारीले नेपालमा भएका अवसरहरुको पहिचान गर्न र मुलुक प्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध गरेकी हुन् । 

ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै उहाँले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागि परेको भन्दै यसमा हातेमालो गर्न पनि अनुरोध गरिन् । 
उहाँले कलेजले वहन गर्ने सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्दै सरकारले गर्नुपर्ने कार्यहरुमा कलेजको समन्वयलाई लिएर धन्यवाद दिनुभएको छ । नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको अभिन्न अंग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएको छ । 
दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गरे ।
त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यको कामना गरे ।
सो दीक्षान्त समारोहमा क्याम्पसका बी.एस.सी कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ र बि.बि.ए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending