काठमाडाैं । सर्वोच्च अदालतले सञ्चार सविच कृष्णबहादुर राउतलाई पक्राउ गर्नुको कारण २४ घन्टाभित्र पेश गर्न सरकारलाई आदेश दिएको छ। बिहीबार सर्वोच्च्का न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।
सर्वोच्चले ‘के कसो भएको हो? निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो’ भनेर सोधेको छ । निवेकदको माग बमोजिम आदेश दिनु नपर्ने भए २४ घन्टाभित्र सबुद प्रमाणसहित पेश गर्न भनिएको छ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतलाई हिरासतमुक्त गर्नुपर्ने भन्दै उषा राउतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए । यो प्रकरणमा सरकारी कागजात कीर्ते सहित संगठित अपराधको कसूरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेकोमा अधिकांशले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । व्यापारी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह सहितले दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइ भए पनि आदेश आएको छैन ।
बहालवाला सचिव प्रहरी हिरासतमा पुग्ने राउत दोस्रो हुन् । यसअघि नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए, जो अहिले पुर्पक्षका लागि थुनामा छन् ।
२०६६/६७ मा बालुवाटारको सरकारी निवासमा पुग्ने बाटो विस्तारको योजना कार्यान्वयन गर्दा राउत यो प्रकरणमा जोडिएको प्रहरीको भनाइ छ। २०६६ चैत २९ र २०६७ वैशाख ३१ मा मन्त्रिपरिषद्ले बाटो विस्तारको योजना स्वीकृत गरेको थियो। कार्यान्वयन गर्दा अनुसूची फेरबदल गर्नमा राउतको भूमिका देखिएको आरोप छ।
त्यति वेला उनले भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतको हैसियतमा शुरू टिप्पणी फाइल उठाएका थिए। अख्तियारले चार वर्षअघि प्रमाण नपुगेको भन्दै राउत विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: