काठमाडौं । राम्रो या नराम्रो काम गरेर मान्छे चर्चामा आई नै रहन्छन् । यतिबेला नेपाली कांग्रेस सांसद एवम सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा पनि चर्चामा रहेकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अडीयो काण्डमा नाम जोडीएकी उनी पुन अर्को फण्डामा परेकी छन् । राणले धनगढीस्थित आफनो निजी घर मर्मतका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ लिएको कुरा अहिले निकै चर्चामा रहेको छ ।
स्थानीय सञ्चार माध्ययमले आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख बजेट विनियोजन गरेको समाचार प्रकाशन गरेका थिए । आरजुले ०७४ सालको संघीय निर्वाचनमा टुरिस्ट उम्मेदवारको आरोप लागेपछि कैलालीको धनगढीमा घर खरिद गरेकी थिइन् । सोही घर मर्मत गर्नका लागि प्रदेश सरकारबाट १० लाख लिएको भन्दै उनको यतिबेला आलोचना भईरहेको छ । तर, सुदूरपश्चिम सरकारले भने सञ्चार माध्ययममा आएका समाचारलाई झुठो भनेको छ ।
तिव्र आलोचनापछि प्रदेशको भौतिक पूर्वाधार तथा आवास मन्त्रायले बुधबार जारी गरेको विज्ञप्तिमा आर्थिक २०८०.८१ को बजेटमा मन्त्री प्रकाश बहादुर देउवाको आवास भवन मर्मत तथा रंगरोगन गर्न बजेट छुट्याए पनि आरजुको घर मर्मतका लागि वजेट विनियोजन नगरिएको उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा मन्त्री देउवा हालसम्म पनि आफ्नै निवासमा बस्दै आएकाले उक्त बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको उल्लेख रिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: