Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

पार्सल पठाइदिएको प्रलोभनमा मेसेञ्जरबाट ठगी गर्ने ७ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं ।   सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-५ इन्द्र टोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय आईटी इन्जिनियर प्रवीण भट्ट समेत ७ जना रहेको प्रहरीले जनाएको छ ।

भट्टसँगै पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २, सिमराका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह रहेका छन् ।

त्यस्तै उक्त आरोपमा गुल्मीको इस्मा गाउँपालिकाका ५ का ३२ वर्षीय ध्रुव थापा, झापाको झापा गाउँपालिका १, बेलौती बारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका २० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर कटारी नगरपालिका-४ बस्ने एक ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको मेसेन्जर तथा ह्वाट्सएप मार्फत उनीहरूको कुराकानी सुरु भएको थियो ।

त्यस क्रममा “तपाईंलाई सामान र ७० हजार अमेरिकी डलर पठाइदिएको छु” भन्दै ती महिलालाई त्यसको करको नाममा एक लाख ३० हजार ६२७ रुपैयाँ पठाउन लगाएका थिए । यसरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको   हो ।

साथै अनुसन्धानबाट उनीहरूले खोलेको संस्थाको खातामा एक वर्षको अवधिमा एक अर्ब, नौ करोड, एक लाख, ४२ हजार, ३९३ रुपैयाँको कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध सम्बन्धी कसुरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending