काठमाडौं । मिटरब्याजमा पैसा लगाएर मानसिक यातना दिएको आरोपमा १ जना जना पक्राउ परेका छन् । प्रहरीले काभ्रेका ४४ वर्षीय यशु आले मगरलाई पक्राउ गरेको हो । अन्य ३ जना फरार छन्।
सिन्धुपाल्चोक स्थायी घर भई सोल्टिमोडमा एचएन्डबी रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका ४४ वर्षीय होमनाथ गिरी गत चैत १४ गते आफू बस्ने घरको भुईँ तलामा रहेको वर्कसपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको थियो। त्यसमा मगरसँग एक वर्षअघि दैनिक एक लाखको एक हजार रुपैयाँ ब्याज लिने तरिकाले ऋण लिएको, सावाँभन्दा बढी ब्याज तिरिसकेको तर लगातार मानसिक टर्चर पाइरहेको उल्लेख थियो।
यस्तै अन्य दुई व्यक्तिको नाम उल्लेख गरेर उनीहरूसँग पनि सावाँभन्दा बढी ब्याज तिरिसक्दा पनि मानसिक यातना पाइरहेको सुसाइड नोटमा उल्लेख छ।
‘मेरो भाइ भरत मैले सबैको तिरी सकेको हाम्रो न त घर न केही छ, तिमी केही पनि दिनु पर्दैन, अनिल भाइलाई जग्गा ९ आना दिएर पनि चेक फिर्ता दिएको छैन। उनकै मिटरवाला पैसाको हिसाबले आज मेरो यो गती भयो, मेरो बच्चा बुबा आमा सबैको बिचली बनाए साथीहरूले, भाइ बच्चा भाउजू आमा बुबाको ख्याल राख्नु दाइ’, सुसाइड नोटमा लेखिएको छ।
अर्का व्यक्ती महेश चापागाईँले आफ्नो नामको खाली चेक लगेर १५ लाख रुपैयाँ लेखी कम्पनीलाई कालो सुचीमा राखेको पनि सुसाइड नोटमा उल्लेख छ।
पक्राउ परेका मगरले गिरी दाजुभाइ रिकन्डिसन सञ्चालन गर्दा चरम आर्थिक संकटमा परेका कारण आफूसँग विभिन्न मितिमा ३२ लाख रुपैयाँ ऋण लिएको बताएका छन्।
मोटरसाइकल बिक्री गर्दा आएको नाफाबाट एक लाखको एक हजार रुपैयाँ ब्याज दिने गरी उनीहरूले ऋण लिएपनि हालसम्म सावाँ र ब्याज गरेर ४ लाख रुपैयाँ मात्र फर्काएको उनले बयानका क्रममा बताएका छन्।
आफूले धरौटीबापत मृतक गिरीको नाममा रहेको बैङ्क खाताको तीन वटा चेक र रिकन्डिसन कम्पनीको नामको एउटा चेक लिएको तर बाउन्स गरेर कतै उजुरी नगरेको पनि उनले उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: