Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

प्रचण्डले दोहोरा बाजासहित भित्र्याएकी सीता बनवासदेखि बालुवाटारसम्म

खबरडबली संवाददाता

काठमाडौं ।  यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ। उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन्। तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ । पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन।

आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन्। संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए। सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे।

पुष्पकमलको गरिब किसान परिवार भए पनि धनीकी छोरी विवाह गर्ने भनेपछि दोहोरा बाजासहित पुष्पकमल र सीताको विवाह भयो। विवाह भएको केही समयमा नै श्रीमान् काठमाडौं पढ्न गएपछि सीताको जीवन त्यसै उदास बनेजस्तो हुन लाग्यो। तर केही समयमा नै छोरी जन्मेपछि एकातिर सीतालाई साथी भइन् छोरी भने अर्कातिर छोरो पाउन नसक्ने बुहारीका रुपमा सीताले मनोवैज्ञानिक बुहार्तन खेप्न बध्य हुनुपर्यो। छोरा वा छोरी हुने कुरा महिलामा नभएर पुरुषको क्रोमजोमको अवस्थाले निर्धारण गर्ने कुरा हो भन्ने कसैलाई थाहा पनि थिएन। त्यसमाथि लगातार ३ वटी छोरी भए सीताका। त्यसको पीडा सीता दाहालले स्वयं बताएबाट स्पष्ट हुन्छ।

कान्छी छोरी जन्मेको बर्ष सीताका श्रीमान् कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्केपछि सीताको जीवन एक तमासले निरसिलो त बन्ने नै भयो । त्यसमाथि दाहाल परिवारमा पढे लेखेको, सबै परिवार पाल्ने आशा गरिएको जेठो छोरो नै पार्टी कार्यकर्ता बनेपछि पञ्चायती प्रशासनको यातना खेप्न बाध्य भयो अवोध दाहाल परिवार। त्यसको पहिलो मार पनि सीतालाई नै पर्यो। पुष्पकमललाई घरबाट छुट्याइदिएपछि पुलिसको दमनबाट जोगिन्छ कि भनेर पुष्पकमलका पिता मुक्तिराम दाहालले उनीहरुलाई  छुट्याइदिए। पहिले ८–१० जनाको गुलजार परिबार अब ४ जना भन्ट्याङभुन्टुङका साथमा सीता एक्लै भइन्। श्रीमान त प्रहरीको खोजीमा परिसकेका थिए। तर  पनि हरदम छायाँका रुपमा प्रचण्ड सीतासँगै थिए। त्यस्तो अवस्थामा सीतालाई माइतीले भरथेग नगरेको भए के हुँदो हो भन्ने गम्भीर प्रश्न प्रचण्डले नै गरेबाट स्थिति कति दयनीय रहेछ भन्ने स्पष्ट हुन्छ।

तर गतिशील स्वभावका धनी पुष्पकमलले घरबाट छुट्टिएको दुई वर्षमा नै आफ्ना लालाबालासहित सीतालाई भरतपुर सारे। त्यसले सीताको जीवनमा एक्लोपन हट्यो, तर शारिरीक श्रम र बच्चाबच्ची हुर्काउने जिम्मेवारीको जाँतोले झन अँठ्याउन थाल्यो । यसो गर्दागर्दै २०४६ साल आयो। बच्चाबच्ची अलिक ठूला भए। सीता पनि अब श्रीमान्सँग कहिल्यै नछुट्टिने गरी काठमाडौं आइपुिगन्। त्यो अलिक खुला र सहज समय पनि चार बर्ष भन्दा धेरै हुन पाएन । पुष्पकमल दाहाल, प्रचण्ड बनिसकेका थिए। उनले संसारै हल्लाउने जनयुद्धको शङ्खघोष गरेर आफ्नै परिवारभित्र समेत नयाँ सङ्कट निम्त्याइ दिए।  

शान्ति प्रक्रिया र पार्टी राजनीतिका उखाडबाखड छल्दै शिखरतिर अघि बढीरहेको जिन्दगीले जवान छोरा छोरी गुमाएर आफैं असाहय जस्तो अवस्थामा बन्ने स्थिति एक विडम्वना त हुँदै हो । त्यसमाथि पनि एक गृहणी महिलाको तिलस्मी कथा पनि हो यो । यो कथालाई अनेक ढङ्गले लेख्न सकिन्छ । तर संयोगले मलाई त्यो अवसर प्राप्त भयो कि उहाँसँग मैलै मात्र टेलिभिजनका लागि अन्तर्वार्ता गर्न पाएछु । फेरि मेरो चाहना मैले मात्र उहाँको अन्तर्वार्ता गर्नु पर्छ भन्ने पनि थिएन् । त्यसो गर्न सम्भव पनि हुँदैन्थ्यो । सीता दाहाल कहिल्यै मिडियाक्रेजी भएको पनि देखिएन । अझ मिडियामा त कतिसम्मको व्यंग्य हुन्थ्यो भने नेपालमा सीता दाहाल र भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मुस्कान देख्न सकिंदैन । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असंख्य पीडा सहन सक्ने महिला हुनुहुन्थ्यो । तर सीता दाहालको राजनीतिक चेत र थर्ड सेन्सका बारेमा स्वयं प्रचण्डले धेरै कुरा बताइसक्नु भएको छ ।

तसर्थ यो पुस्तक कस्तो हो भन्ने बारेमा म आफैं अन्योलमा छु । पहिले मैले छुट्टै ढङ्गले लेख्ने योजना बनाएकी थिएँ । जब सीता दाहाल विरामी हुुनुभयो, त्यसपछि मलाई लाग्यो उहाँको जीवनी उहाँकै भाषा र लवजमा उतार्नु बढी स्वाभाविक होला भन्ने लाग्यो । त्यसो गर्दा उहाँको न बढाईंचढार्ई हुन्थ्यो न त उहाँले आफ्ना बारेमा बोलेका कुरा नै काटिन्थे । तसर्थ, सीता दाहालको जीवन कथा एक सङ्घर्षशील ग्रामीण महिलाको कथादेखि देशको प्रथम महिलाको दुःखको बृत्तान्त पनि हो । त्यसमाथि सीता दाहालका श्रीमान् प्रचण्डको सीताप्रतिको सवाल जबाफले तत्कालीन नेपाली समाजको चित्रण गर्नेदेखि एक जना इमान्दार श्रीमानको श्रीमतीप्रतिको इमान्दारिता र कोमलताको अन्तस्करणको आवाज पनि प्रकट भएको छ ।

छोटोमा भन्दा कास्कीको तत्कालीन ढिकुरपोखरीको सम्पन्न किसान परिवारमा जन्मेकी एकजना केटी जवान नबन्दै तराई ९चितवनवासी० बन्न पुगिन्। उमेर १६ टेक्दानटेक्दै अलिक गरिब किसानको एक जना सार्है तीक्ष्ण बुद्धिको केटासँग विवाह बन्धनमा बाँधिएर सीता दाहाल बुहारी बन्न पुगिन् । बुहारीले व्योहर्ने बुहार्तन सहँदै श्रीमान्ले चालेका सबै कदममा साथ दिंदै अघि बढिन् । ३ छोरी र १ छोराकी आमा सीताले चाहे अनुसार बच्चाबच्चीलाई पढाउन सकिनन् । त्यसमा सीताको भन्दा उहाँका श्रीमानले लिएको राजनीतिक बाटो नै प्रमुख बाधक बन्न पुग्यो ।

विवाह भएदेखि झण्डै २५ वर्षको लावारिस जस्तै लाग्ने जिन्दगीबाट सीता दाहाल पनि श्रीमानसँगै राजनीतिक विद्रोही मुख्य नेताकी पत्नीका रुपमा बदलिएर श्रीमानसँगै हरक्षण रहन पुगिन् । पार्टीको जनमुक्ति सेनाले भन्दा बढ्ता जनयुद्धका सुप्रिम कमाण्डरको सुरक्षा कवच बन्ने अवसर समेत स्थितिले सीतालाई नै सुम्पिएको देखिन्छ।

दुई दुई पटक देशको प्रथम महिला बनेकी सीता नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलन एकीकृत हुँदै गर्दा आफ्नो पहिलो र अन्तिम गरेर दुई सन्तान गुमाएकी एक अभागी आमा बन्न मात्र विवश हुनुभएन कि नयाँ परिवेशको स्वाद चाख्ने अवसरबाट समेत बञ्चित भएको कथा नै सीता दाहालको नाम हो।

४ भाई र दुई दिदि बहिनी मध्येकी सीता श्रीमान् तर्फका ६ नन्द र दुई भाईहरुको परिवारकी सदस्य बनेर निकै ठूलो नाता सम्वन्धको जालोमा सत्चरित्र र सत्यका पक्षमा सतीसाल जस्तै खडा हुने महिलाको नाम पनि हो सीता दाहाल ।

प्रचण्ड पत्नी सीताकी आमा हरिकला पौडेलको ८६ वर्षको उमेरमा २०७१ साउन ९ गते निधन भइसकेको छ । त्यसो त अहिले भन्दा १६ वर्ष पहिले नै उनका पिता महेश्वर पौडेलको पनि निधन भइसकेको छ । तर स्थितिले आज सीतालाई जुन अवस्थामा खडा भएपनि सरदर नेपाली महिलाका सन्दर्भमा एक भाग्यमानी र कीर्तिमानी महिला अवश्य नै हुन् । त्यही कथा उहाँको आफ्नै कथनमा यहाँ प्रस्तुत गरिएको छ ।

हो, मैलै इमान्दारीपूर्वक पाठकलाई भन्नै पर्छ म बढ्ता लेखक भन्दा उहाँकै कोही निकटस्थ आफन्त जस्तै भएछु । उहाँलाई दुख्दा मलाई पनि दुख्न थालेको थियो । तर मेरो स्वभाव र बानीका कारणले मैले त्यस्तो कहिल्यै व्यक्त गर्न भने चाहिन् । त्यसको एकमुष्ठ उहाँप्रतिको सहयोग वा सम्मान यही पुस्तिका बन्ला कि भन्ने मेरो आशा छ । त्यसो भएमा मेरो पनि कर्तव्य पूरा भएको ठान्नेछु । फेरि पनि तत्कालीन समाजको नेपाली महिलाहरुको कथादेखि वर्तमानसम्मको महिलाहरुको स्थितिलाई सङ्केत गर्ने एउटा दस्तावेज यो पक्कै पनि हो ।

(सीता दाहाल– प्रचण्डकी जीवनसंगीनी, नामक पुस्तकबाट लिएकाे समाग्री नागरिकबाट साभार)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending