काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखि रहँदा माआृेवादी केन्द्रको केन्द्रीय कार्यालय शोकमा डुबेको छ ।
प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरे । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगेका थिए ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नर्भिक अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।पत्नी शोकमा रहेका प्रचण्डसहितका परिवारजनप्रति नेताहरुले समवेदना प्रकट गरेका थिए ।
छोरीहरु रेणु, गंगा, बुहारी विनालगायत भावविह्वल देखिए । उनीहरु बेलाबेला भक्कानिँदै र आफैं सम्हालिदै गरेको देखिएको थियो । परिवारका सदस्य मात्र नभएर पार्टी पंक्तिमा रहेका पुराना कार्यकर्ताहरु भावविह्वल भएका थिए ।
सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आजै आर्यघाटमा अन्त्येष्टि गर्नको लागि लगिएको छ ।
सीताको ६९ वर्षको उमेरमा आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: