जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ । प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ ।
एक प्रहरी अधिकारीले ‘के खाएछस् ?’ भनेर गरेको प्रश्नमा बाँधिएका प्रहरी जवान राई जवाफ दिन्छन्, ‘केही खाको छैन ।’ उनले खोल्नुस्, यसरी यातना दिनुहुन्छ भने मर्छु पनि भनेका छन् ।
स्रोतका अनुसार उनलाई हात बाँधेर प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएका हुन् । प्रहरी जवान रायका भाइ राजनीशले ड्युटी अधिक गराएको र गुनासो गरेकै कारण यातना दिएको आरोप लगाएका छन् ।
यता सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द इवा लिम्बूले प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरे । उनले भने, ‘प्रहरी जवान राय चालक छन् । उनी लागुऔषध खायो कि के ? थाहा भएन । तर, नशामा जथाभावी गरेपछि नियन्त्रणमा लिएर हतकडी लगाएर सोधपुछमात्र गरिएको छ । यातना दिएको छैन ।’
नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेको भन्दै एसपी लिम्बूले भने, ‘जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटर टाढाबाट नियन्त्रणमा लियौं । उनलाई नियन्त्रणमा लिनै गाह्रो भएपछि हतकडीमात्र लगाएको थियो ।’
प्रहरी जवान रायको स्वास्थ्य परीक्षण गराउँदा मदिरा सेवन गरेको पनि पुष्टि नभएको एसपी लिम्बूले बताए । उनले भने, ‘हतकडी लगाएर सोधपुछ गरिएको भिडिओ कसरी लिक भएको हो, थाहा भएन । यस विषयमा अनुसन्धान भइरहेको छ ।’
भिडिओ बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयले पनि छानबिन सुरु गरेको एसपी लिम्बूले बताए । उनका अनुसार घटनाको छानबिनका लागि डीआईजी अहिले सिरहा आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: