काठमाडौं । सीता दाहाल यो नाम नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्ष्रले लेखएिको नाम हो । उनी नेपालको राजनीतिक इतिहासमा सुनौलो अक्षरले नाम लेखाउन सफल एक निर्भिक नारीमात्र भएर होइन आदर्श आमाका रुपमा पनि रहने छन् । जो आजबाट यो संसारमा रहीनन् ।
उहाँको भौतीक शरिर नरहेपनि वीरता, साहस त्याग र समर्पणका कथा अनि किस्साहरू भावी पुस्ताले संझी रहने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धर्म पत्नीका रुपमा मात्र नरहेर नेपाली क्रान्तिलाई थप उचाइमा पुर्यायन क. सीता दाहालले खेलेको भुमीका नेपाली इतिहासले विर्सने छैन ।
उहाँको निधनबाट माओवादी पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएकोे छ । उनको नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान रहेको छ ।
सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण नै उनको विशेषता रहेका थिए । दहालको योगदान चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत हुने छन् ।
हरेक आमाको लागि पुत्र प्रेम कस्तो हुन्छ भनेर भनिरहन पर्दैन । सीताको जीवनमा प्रकाशको अर्थ अझ बढी थियो भन्ने उनका दौंतरीहरूले बताउने गर्छन् । लामो समयदेखि अनौठो प्रकारको रोगबाट पीडित सीताले यसबीचमा लगातार सन्तान वियोग झेल्नुपर्यो ।
जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको २ वर्ष नपुग्दै एकमात्र छोरा प्रकाशलाई पनि अन्तिम विदाई गर्नु परेपछि सीता सामान्य अवस्थामा फर्किन सकीनन् । छोराको खुसीका लागि उनले कतिपय अवस्थामा पार्टी र परिवारभन्दा माथि उठेर बचाउ गरेका कुराहरु पनि बाहीर आएका थिए ।
तर, प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको २०७४ मंसिर ३ गते नर्भिक अस्पतालमै भएको थियो । दुखद् संयोग प्रकाशको शव निकालीएको छ वर्षमा आमाको शव पनि त्यहीबाटै निकाल्नु पर्यो ।
प्रकाशको निधनको पुष्टि अस्पतालले गरेको समय र सीताको निधनको पुष्टिको समय पनि उस्तैउस्तै रह्यो । पुत्र वियोगपछि विक्षिप्त बनेकी सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकिनन् र अन्तिममा आज छोराको शव निस्किएकै अस्पतालमा उनले देहत्याग गरिन् ।
रुँदारुँदै हाँसिरहेका नेता प्रचण्ड
प्रचण्ड आफैंमा एउटा कठोर नाम हो । व्यवहारमा भने उनी लचिलो नेता, भावुक पिता र उदार अभिभावकका रुपमा रहेका छन् । कुनैबेला युद्धमा सयौं योद्धाहरु मारिँदा प्रचण्ड भन्थे– ‘हामी हाँस्दा–हाँस्दै रोइरहेका हुन्छौं, रुँदारुँदै हाँसिरहेका हुन्छौं ।’
सन्तान वियोगले प्रचण्डलाई पटक–पटक रुवाउँछ । तर, पत्नी सीतालाई सम्हाल्न र दुनियाँलाई देखाउनकै लागि उनी शोकमा पनि हाँस्न खोजिरहन्छन् । उनी हाँस्दा हाँस्दै रोइरहेका छन् । आखिर केही गर्ने बेलाको छोरो गुमाउँदा कुनचाहिँ बुबा नरोई बस्न सक्छन् र ?
प्रधानमन्त्री प्रचण्डलाई १६ वर्षको अन्तरालमा चार वज्रपात परेका छन् । यो अवधिमा उनले आफ्नो जन्मदाता देखी लिएर श्रीमती र छोराछोरी गुमाउनु परेको छ । आफ्नो जीवनका प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ ।
१० वर्षअघि २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो । ६ वर्ष अघि प्रकाश दाहालको २०७४ मंसिर ३ गते नर्भिक अस्पतालमै हृदयघातका कारण निधन भयो । र, प्रचण्ड पत्नी सीता दाहाल पनि ६९ वर्षको उमेरमा २०८० असार २७ गते बुधबार नर्भिक अस्पतालमा सँधैका लागि अस्ताइन ।
घरको अभिभावक बुवा, जेठी छोरी ज्ञानु र छोरो प्रकाश गुमाएको चोट बोकेर हिँडिरहेको प्रचण्ड परिवारमा अन्ततः सीताआमाको शोकको बज्रपात पनि थपियो । युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा प्रचण्ड परिवारमा यी चार वज्रपात भएका छन् ।
प्रकाशको निधन पछि सँधै बिरामी सीता
छोराको स्मृतिमा आयोजित कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड पटक–पटक रोएका र बोल्दाबोल्दै भक्कानिएका दृश्यहरु देखीने गरेका छन् भने आमा सीता त झन नभक्कीने कुरै हुँदैनथ्यो ।
भनिन्छ, मान्छेलाई सन्तान वियोगजस्तो ठूलो पीडा अरु कुनै हुँदैन । विस्तारै परिपक्व हुँदै र आफ्नो भरोसा बन्दै गरेको छोरो गुमाउनुको पीडा प्रचण्ड र सीतालाईमात्र नभएर अधिकांश बुवा आमालाई हुने गर्दछ ।
१० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ । पुत्र वियोगपछि कहिल्यै फर्ममा आउन नसकेकी सीताको उपचारका लागि प्रचण्डले भएजति कुनै उपाय बाँकी राखेनन् ।
देश विदेशका सबै खाले उपचार पद्धतिको प्रयोग गरे । तर, पनि सीता पछिल्ला केही वर्ष ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त स्वास छ’ को अवस्थामा थिइन् । तर, पनि प्रचण्डले सबैखाले पीडा र वेदनालाई लुकाएर आफ्नो गतिशील राजनीतिक जीवनलाई प्रभाव पर्न दिएनन् ।
कुनै पनि बाबुका लागि सन्तान वियोगजस्तो पीडा सम्भवतः केही हुन्न । बाल्यकाल र किशोरवय भूमिगत ढंगले यता उता गर्दै बिताएका प्राणभन्दा प्यारा सन्तानले सुखसयलको लामो अनुभव लिन नपाउँदै संसार छाड्नुपरेको पीडा सायद यो परिवारले पनि महसुस गरेको छ ।
प्रकाशको निधनका बेला धित मरुन्जेल रुन पनि पाएन प्रचण्ड परिवारले । देश चुनावको चटारोमा थियो । वाम गठबन्धनका एउटा कमाण्डर रहेका प्रचण्ड आफैं देश दौडाहामा जानु थियो । प्रकाशको भौतिक शरीर चितामा खरानी बनेसँगै प्रचण्ड परिवार निर्वाचन अभियानका लागि चितवन पुगेको थियो । सिंगो परिवार पार्टीकरण गरेका प्रचण्ड पुत्र वियोगको पीडालाई कृत्रिम हाँसोले लुकाउन बाध्य थिए ।
सुप्रीमोको कामाण्डर सीता
पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने मुख्य पात्र थिइन् सीता दाहाल । जनयुद्धमा प्रचण्ड सुप्रिम कमाण्डर थिए तर सीता दाहाल सुप्रिमोको पनि कमाण्डर थिइन् भन्छन् जनयुद्धकालीन सहयोद्धाहरू ।
हरेक पतिको सफलताको पछि पत्नीको हात हुन्छ भन्ने पूरानो मान्यतालाई मान्ने हो भने प्रचण्ड बन्नुमा सीताको हात छ । सीता पछिल्लो समय अचेत अवस्थामा निकै कष्टकर जीवन व्यतित गरिरहेकी थिइन् ।
परिवार आधा-आधा
प्रचण्ड परिवार आजबाट आधा भएको छ । किनकी अब सीतासँग छोरा प्रकाश र छोरी ज्ञानु भएका छन् भने प्रचण्डसँग रेणु र गंगा । यो कम्ती कठोर र पीडादायी क्षण होइन । हरेक परिवारमा याेखालकाे बज्रपात नराेस भनेर प्रार्थाना गर्नु बाहेककाे अरु विकल्प नै छैन ।
सीताले कष्टकर जीवनबाट मुक्ति पाइन् । यदि अर्को लोक छ भने उनले आफ्नो मुटुका टुक्रा ज्ञानु र प्रकाशलाई फेरि काखमा लिउन् । पुनः उनीमा त्याे खुसी देखीयाेस हामी सबैकाे प्रार्थाना यही हाे ।
बाँकी रहेका दुई सन्तान रेणु र गंगाले प्रचण्डलाई देशको लागि अझै केही उनको हुटहुटी र दृढताको यात्रामा दह्रिलो साथ दिउन् ।
६९ वर्षको उमेरमा प्रधानमन्त्री पत्नीको रुपमा भएको सीताको निधनले यतिबेला देश शोकमा रहेकाे छ।कम्युनिस्ट आन्दोलनका अभिभावक सीता दाहालप्रति हार्दिक श्रद्धाञ्जली र शोकमा रहेका प्रधानमन्त्री र परिवारप्रति गहिरो समवेदना ।
प्रतिकृया लेख्नुहोस्: