Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रचण्ड परिवारमा अर्काे बज्रपातः रुँदारुँदै हाँसिरहने प्रचण्ड !

सीता दाहाल एक निर्भिक नारीमात्र होइन आदर्श आमा पनि हुन्

मनाेज भट्टराई

काठमाडौं । सीता दाहाल यो नाम नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्ष्रले लेखएिको नाम हो । उनी नेपालको राजनीतिक इतिहासमा सुनौलो अक्षरले नाम लेखाउन सफल एक निर्भिक नारीमात्र भएर होइन आदर्श आमाका रुपमा पनि रहने छन् । जो आजबाट यो संसारमा रहीनन् ।

उहाँको भौतीक शरिर नरहेपनि वीरता, साहस त्याग र समर्पणका कथा अनि किस्साहरू भावी पुस्ताले संझी रहने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धर्म पत्नीका रुपमा मात्र नरहेर नेपाली क्रान्तिलाई थप उचाइमा पुर्यायन क. सीता दाहालले खेलेको भुमीका नेपाली इतिहासले विर्सने छैन ।

उहाँको निधनबाट माओवादी पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएकोे छ । उनको नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान रहेको छ । 

सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण नै उनको विशेषता रहेका थिए । दहालको योगदान चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत हुने छन् । 

हरेक आमाको लागि पुत्र प्रेम कस्तो हुन्छ भनेर भनिरहन पर्दैन । सीताको जीवनमा प्रकाशको अर्थ अझ बढी थियो भन्ने उनका दौंतरीहरूले बताउने गर्छन् । लामो समयदेखि अनौठो प्रकारको रोगबाट पीडित सीताले यसबीचमा लगातार सन्तान वियोग झेल्नुपर्यो ।

जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको २ वर्ष नपुग्दै एकमात्र छोरा प्रकाशलाई पनि अन्तिम विदाई गर्नु परेपछि सीता सामान्य अवस्थामा फर्किन सकीनन् । छोराको खुसीका लागि उनले कतिपय अवस्थामा पार्टी र परिवारभन्दा माथि उठेर बचाउ गरेका कुराहरु पनि बाहीर आएका थिए । 

तर, प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको  २०७४ मंसिर ३ गते नर्भिक अस्पतालमै भएको थियो । दुखद् संयोग प्रकाशको शव निकालीएको छ वर्षमा आमाको शव पनि त्यहीबाटै निकाल्नु पर्यो । 

प्रकाशको निधनको पुष्टि अस्पतालले गरेको समय र सीताको निधनको पुष्टिको समय पनि उस्तैउस्तै रह्यो । पुत्र वियोगपछि विक्षिप्त बनेकी सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकिनन् र अन्तिममा आज छोराको शव निस्किएकै अस्पतालमा उनले देहत्याग गरिन् ।

रुँदारुँदै हाँसिरहेका नेता प्रचण्ड

प्रचण्ड आफैंमा एउटा कठोर नाम हो । व्यवहारमा भने उनी लचिलो नेता, भावुक पिता र उदार अभिभावकका रुपमा रहेका छन् । कुनैबेला युद्धमा सयौं योद्धाहरु मारिँदा प्रचण्ड भन्थे– ‘हामी हाँस्दा–हाँस्दै रोइरहेका हुन्छौं, रुँदारुँदै हाँसिरहेका हुन्छौं ।’

सन्तान वियोगले प्रचण्डलाई पटक–पटक रुवाउँछ । तर, पत्नी सीतालाई सम्हाल्न र दुनियाँलाई देखाउनकै लागि उनी शोकमा पनि हाँस्न खोजिरहन्छन् । उनी हाँस्दा हाँस्दै रोइरहेका छन् । आखिर केही गर्ने बेलाको छोरो गुमाउँदा कुनचाहिँ बुबा नरोई बस्न सक्छन् र ?

प्रधानमन्त्री प्रचण्डलाई १६ वर्षको अन्तरालमा चार वज्रपात परेका छन् । यो अवधिमा उनले आफ्नो जन्मदाता देखी लिएर श्रीमती र छोराछोरी गुमाउनु परेको छ  । आफ्नो जीवनका प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ । 

१० वर्षअघि २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो । ६ वर्ष अघि प्रकाश दाहालको  २०७४ मंसिर ३ गते नर्भिक अस्पतालमै हृदयघातका कारण निधन भयो । र, प्रचण्ड पत्नी सीता दाहाल पनि ६९ वर्षको उमेरमा २०८० असार २७ गते बुधबार नर्भिक अस्पतालमा सँधैका लागि अस्ताइन ।

घरको अभिभावक बुवा, जेठी छोरी ज्ञानु र छोरो प्रकाश गुमाएको चोट बोकेर हिँडिरहेको प्रचण्ड परिवारमा अन्ततः सीताआमाको शोकको बज्रपात पनि थपियो  । युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा प्रचण्ड परिवारमा यी चार वज्रपात भएका छन् ।

प्रकाशको निधन पछि सँधै बिरामी सीता

छोराको स्मृतिमा आयोजित कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड पटक–पटक रोएका र बोल्दाबोल्दै भक्कानिएका दृश्यहरु देखीने गरेका छन् भने आमा सीता त झन नभक्कीने कुरै हुँदैनथ्यो  ।

भनिन्छ, मान्छेलाई सन्तान वियोगजस्तो ठूलो पीडा अरु कुनै हुँदैन । विस्तारै परिपक्व हुँदै र आफ्नो भरोसा बन्दै गरेको छोरो गुमाउनुको पीडा प्रचण्ड र सीतालाईमात्र नभएर अधिकांश बुवा आमालाई हुने गर्दछ । 

१० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ । पुत्र वियोगपछि कहिल्यै फर्ममा आउन नसकेकी सीताको उपचारका लागि प्रचण्डले भएजति कुनै उपाय बाँकी राखेनन् ।

देश विदेशका सबै खाले उपचार पद्धतिको प्रयोग गरे । तर, पनि सीता पछिल्ला केही वर्ष ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त स्वास छ’ को अवस्थामा थिइन् । तर, पनि प्रचण्डले सबैखाले पीडा र वेदनालाई लुकाएर आफ्नो गतिशील राजनीतिक जीवनलाई प्रभाव पर्न दिएनन् ।

कुनै पनि बाबुका लागि सन्तान वियोगजस्तो पीडा सम्भवतः केही हुन्न । बाल्यकाल र किशोरवय भूमिगत ढंगले यता उता गर्दै बिताएका प्राणभन्दा प्यारा सन्तानले सुखसयलको लामो अनुभव लिन नपाउँदै संसार छाड्नुपरेको पीडा सायद यो परिवारले पनि महसुस गरेको छ ।

प्रकाशको निधनका बेला धित मरुन्जेल रुन पनि पाएन प्रचण्ड परिवारले । देश चुनावको चटारोमा थियो । वाम गठबन्धनका एउटा कमाण्डर रहेका प्रचण्ड आफैं देश दौडाहामा जानु थियो । प्रकाशको भौतिक शरीर चितामा खरानी बनेसँगै प्रचण्ड परिवार निर्वाचन अभियानका लागि चितवन पुगेको थियो । सिंगो परिवार पार्टीकरण गरेका प्रचण्ड पुत्र वियोगको पीडालाई कृत्रिम हाँसोले लुकाउन बाध्य थिए ।

सुप्रीमोको कामाण्डर सीता

पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने मुख्य पात्र थिइन् सीता दाहाल । जनयुद्धमा प्रचण्ड सुप्रिम कमाण्डर थिए तर सीता दाहाल सुप्रिमोको पनि कमाण्डर थिइन् भन्छन् जनयुद्धकालीन सहयोद्धाहरू ।

हरेक पतिको सफलताको पछि पत्नीको हात हुन्छ भन्ने पूरानो मान्यतालाई मान्ने हो भने प्रचण्ड बन्नुमा सीताको हात छ । सीता पछिल्लो समय अचेत अवस्थामा निकै कष्टकर जीवन व्यतित गरिरहेकी थिइन् ।

परिवार आधा-आधा

प्रचण्ड परिवार आजबाट आधा भएको छ । किनकी अब सीतासँग छोरा प्रकाश र छोरी ज्ञानु भएका छन् भने प्रचण्डसँग रेणु र गंगा । यो कम्ती कठोर र पीडादायी क्षण होइन । हरेक परिवारमा याेखालकाे बज्रपात नराेस भनेर प्रार्थाना गर्नु बाहेककाे अरु विकल्प नै छैन ।

सीताले कष्टकर जीवनबाट मुक्ति पाइन् । यदि अर्को लोक छ भने उनले आफ्नो मुटुका टुक्रा ज्ञानु र प्रकाशलाई फेरि काखमा लिउन् । पुनः उनीमा त्याे खुसी देखीयाेस हामी सबैकाे प्रार्थाना यही हाे । 

बाँकी रहेका दुई सन्तान रेणु र गंगाले प्रचण्डलाई देशको लागि अझै केही उनको हुटहुटी र दृढताको यात्रामा दह्रिलो साथ दिउन् ।

६९ वर्षको उमेरमा प्रधानमन्त्री पत्नीको रुपमा भएको सीताको निधनले यतिबेला देश शोकमा रहेकाे छ।कम्युनिस्ट आन्दोलनका अभिभावक सीता दाहालप्रति हार्दिक श्रद्धाञ्जली र शोकमा रहेका प्रधानमन्त्री र परिवारप्रति गहिरो समवेदना । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: