Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट, गगन थापाले उठाउलान् नेतृत्व परिवर्तनको मुद्दा ?

बालकृष्ण खाणलाई निलम्बनको प्रस्ताव नल्याउने सहमति

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। झण्डै एक वर्षदेखि बस्न नसकेको बैठक आजबाट पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ। 

बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैली, मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका बालकृष्ण खाणलाई कारबाही गर्नेबारे छलफल हुने भएको छ। यद्यपी, खाणलाई निलम्बनको प्रस्ताव नल्याउने सहमति भएको जनाइएको छ। 

बैठकले नीति अधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ। नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा अहिलेसम्म गर्न सकेको छैन। 

चुनावका बेला गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापति देउवाको अडानका कारण पाँच दलीय गठबन्धन बनेको थियो। तर निर्वाचन परिणामपछि कांग्रेसमा यसबारे छलफल भएको छैन। 

अहिले कांग्रेससमेत सहभागी सरकारले गरेका काम कारबाहीका बारेमा पनि केन्द्रीय समितिमा छलफल भएको छैन। आज  सुरु हुने बैठकमा सबै विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। 

कांग्रेसमा नेतृत्वप्रतिको असन्तुष्टि पनि बढ्दो छ। कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै नीति अधिवेशन गर्ने भनेको थियो। तर अझै यसको मिति घोषणा भएको छैन। 

अबको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको मिति नै तोक्ने गरी तयारी गरेका छन्। नीति अधिवेशन नभए महासमिति बैठक बोलाउनुपर्ने दबाब महामन्त्रीहरुले दिइसकेका छन्।  

बैठकमा महामन्त्रीद्वयले नेतृत्व परिवर्तनकोे मुद्दा उठाउने तयारी गरिरहेका छन्। तर, महामन्त्री थापाले सभापति देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदा इतर पक्षकै साथ छैन। पछिल्लो सयम इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला मौन छन्। जसकारणले शेखर-गगनबीच दूरी बढेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending