Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

असुरक्षित बन्दै नेपाली आकाश, ४३ वर्षमा भए ४० हेलिकोप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर साेलुखुम्बुकाे लम्जुरा क्षेत्रमा दुर्घटना

मनोज भट्टराई

काठमाडौं । पछिल्लो समय नेपाली आकाशमा दुर्घटना बढ्दो रहेको छ । एक वर्षका अन्तरालमा नेपाली आकाशमा एकसय भन्दा बढीले ज्यान गुमाएका छन् भने तीनवटा दुर्घटना भएका छन्  ।

२०७९ जेठ १५ गते तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा  १९ जना यात्रु र चालकदलका ३ सदस्य गरी २२ जनाको ज्यान गएको थियो भने गत माघ १ गते आइतवार काठमाडौबाट पोखरा जाँदै गरेको यति एअरको विमान दुर्घटनामा परेर विमानमा सवार ७२ जनाको निधन भएको थियो  । मानवीय क्षतिका हिसाबले नेपाली आकाशमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटनाका रुपमा रहेको छ । 

मनाङ एयरको हेलिकप्टर  साेलुखुम्बुकाे लम्जुरा क्षेत्रमा दुर्घटना

यसैगरी नेपाली आकाशमा आज सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर साेलुखुम्बुकाे लम्जुरा क्षेत्रमा दुर्घटना भएको बताइएकाे छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको साे हेलिकप्टरमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । 

काे-काे थिए यात्रु ?

मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।

काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टर २० मिनेट पछी सम्मापर्क विहीन भएकाे हाे । 

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको बताइएको छ ।  हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।

४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना

नेपाली आकाशमा मानवीय क्षति हुने गरी अहिलेसम्म १९ हेलिकोप्टर दुर्घटना भएका छन् । योसँगै नेपालमा हवाई दुर्घटनाको संख्या १ सय ५ पुगेको छ । नेपाली आकाशमा भएका हेलीकप्टर दुर्घटनामा तत्कालीन राज्यमन्त्री गोपाल राई, पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत अति विशिष्ट व्यक्तिहरुले पनि ज्यान गुमाएका छन् ।

१९ हेलीकप्टर दुर्घटनामा हाल सम्म ९४ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका छन् । त्यसबाहेकका २१ दुर्घटनामा भने पाइलट तथा यात्रु सामान्य घाइते भएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांकअनुसार मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा लामटाङमा भएको थियो । अति विशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

मानवीय क्षति हुने गरी दोस्रो दुर्घटना ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा भयो । कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए ।

यस्तै, तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर १९९८ अक्टोबर २४ मा मूलखर्कमा दुर्घटना भएको थियो । बाँकी ३० हेलिकोप्टर दुर्घटना सन् २००० यता भएको क्यानले एभिएसन सेफ्टी रिपोर्ट– २०२२ मा उल्लेख गरेको छ ।

२००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हेलिकोप्टर रारातालमा खस्दा चारजनाको मृत्यु भएको थियो । रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । अत्यन्तै रहस्यमय मानिएको सो दुर्घटनामा पूर्वअधिराजकुमारी प्रेक्षा शाहको पनि निधन भएको थियो । 

त्यस्तै,  २००२ सेप्टेम्बर ३०  मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।  क्यानको तथ्यांक अनुसार २००३ मे २८ मा सिम्रिक एयरको हेलिकोप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो ।

यसैगरी २००५ जनवरी ५ मा एयर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको थियो । यी दुई दुर्घटनाको बीचमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा पनि दुईजनाको ज्यान गएको छ । तर, क्यानसँग कुन मितिमा र कुन ठाउँमा दुर्घटना भएको हो भन्ने एकिन विवरण नै रहेको छैन । 

त्यस्तै, २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा अहिलेसम्मकै धेरै २४ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा तत्कालीन राज्य मन्त्री गोपाल राई लगायत २४ सम्रक्षणविद्हरुको ज्यान गएको थियो ।

२०१० नोभेम्बर ७ मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटना हुँदा दुईजनाको ज्यन गएको थियो । २०१३ जुन १९ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो । २०१५ मे मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।

यसैगरी २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा चारजना,  २०१६ अगस्ट ८ मा फिस्टेलको हेलिकोप्टर नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजनाको ज्यान गएको थियो ।

यसैगरी २०१८ अगस्ट १४ मा मनाङ एयरको हेलिकोप्टर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र २०१८ सेप्टेम्बर ८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानको तथ्यांक छ ।

त्यस्तै, २०१९ फेबु्रअरी २७ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नियामक निकाय क्यानका तत्कालीन उपमहानिर्देशक एवं प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, एयरलाइन्स कम्पनीकै ९यती र तारा० मालिक आङछिरिङ शेर्पासहितको निधन भएको थियो ।

पछिल्लोपटक  गत बैशाखमा अर्थात् २०२३ मे ५ मा सिम्रिक एयरको कलसाइन नाइनएन–एजेजेड हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिका– ४ सिप्रुङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यो दुर्घटनामा तीनजना घाइते भएका थिए । 

विसं २००६ सालदेखि हवाई उडान सुरु भएको नेपालमा अहिलेसम्म १ सय ४ वटा विमान दुर्घटना भएका छन् । नेपाली आकाशमा भएका यी दुर्घटनाका कारण कतिपयले नेपाली आकाश असुरक्षित महसुस गर्न थालेका छन् । नेपाली आकाशमा हाल सम्म भएका दुर्घटनामा आठ सय बढीले ज्यान गुमाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending