Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

गोरखामा ९० हजार बिरुवा नि:शुल्क वितरण गरिँदै

खबरडबली संवाददाता

गोरखा । डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा नि:शुल्क वितरण गर्न सुरुआत गरेको छ । कार्यालयसहित सब डिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित नि:शुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।

कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उनले बताए। “हामीले तीन ठाउँका नर्सरीमा बिरुवा उत्पादन गरेका छौँ”, उनले भने, “गोरखा नगरपालिकाको तीन किलो, गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनटर र पालुङटार सबडिभिजन कार्यालयअन्तर्गतका नर्सरीमा उन्नत जातका बिरुवा उत्पादन गरिएको हो ।”

विशेष गरेर कवुलियती वन, सामुदायिक वनमा रहेका बाँझो जमिनमा बिरुवा लगेर वृक्षरोपण गर्न उपभोक्ता समिति र समुदायलाई प्रोत्साहन गर्नका लागि नि:शुल्क बिरुवा उत्पादन गरी वितरण गर्दै आएको प्रमुख श्रेष्ठले बताए ।

“तीनवटा नर्सरीमध्ये पायकपर्ने ठाउँमा पुगेर प्रक्रिया पूरा गरी बिरुवा लैजाने व्यवस्था मिलाएका छौँ”, उनले भने, “अधिकाशं ठाउँका उपभोक्ता समिति तथा समुदायले धेरै बिरुवा लगेर पनि वृक्षरोपण गरिसकेका छन्, केही ठाउँमा अझै लैजाने क्रम चलिरहेको छ ।” यसले समुदायस्तरमा आयआर्जन वृद्धि गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ ।

कार्यालयले घाँसका लागि राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरीलगायतका डालेघाँसका बिरुवा उत्पादन गरेको छ । त्यस्तै सौन्दर्यवर्द्धक कल्की, कपुर, म्यान्गुइष्टिक, वीरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहरलगायतका बिरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यसबाहेक फलफूलका अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडीबुटीजन्य तेजपात, टिमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्तालगायतका बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको उनले बताए । डिभिजन वन कार्यालय गोरखाले हरेक वर्षजसो नर्सरीमार्फत बिरुवा उत्पादन गरी समुदायलाई वितरण गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending