Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बलात्कारीको ट्याग लागेपछि पल शाहको आक्रोश- देश छोडौं कि रत्नपार्कमा गएर आत्मदाह गरौं ?

खबरडबली संवाददाता

काठमाडौं । नायक पल शाहले अदालतबाट सफाई पाएपछि पनि आफूमाथि लागेको बलात्कारीको ट्याग नहटाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लपमा आफूसँग गरिएको कुराकानी विवादित बनेर हटाइएपछि अदालतबाट सफाई पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो? भन्दै प्रश्न गरे। 

उनले लेखेका छन्, ‘म के गरौँ? कसरी बाचौँ? कसरी हिँडौँ, कसरी बोलौँ, कसरी खाउँ? कसरी लाउँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ।’

उनको भनाइ जस्ताको तस्तैः 

मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ……म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।

मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा “हासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो” जस्ता आरोप लागेका छन् ।

म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठॉउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !

अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा “म बलात्कारी हुँ” लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ……. सबैमा माया सम्मान र धन्यवाद । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending