Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिइने

खबरडबली संवाददाता

भक्तपुर । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ ।  भक्तपुर जिल्लाका प्याब्सनमा आबद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा कक्षा ११ भर्ना हुने ५० प्रतिशत छात्रवृत्ति अनिवार्यरुपमा दिने र विद्यार्थीको ग्रेड सिट हेरेर अझै थप छात्रवृत्ति दिने घोषणा गरिएको हो । प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान भक्तपुर जिल्ला अध्यक्ष अनिल कसपालबीच शुक्रबार एक कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  
    
चारबुँदे सम्झौतामा प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले आवश्यक थप छुट सहुलियत प्रदान गर्ने भएको छ ।  त्यस्तै प्याब्सन र हिसान दुवै संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने सम्झौता भएको छ । भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ । 
    
सम्झौताका बारेमा जानकारी दिँदै हिसान भक्तपुरका अध्यक्ष कसपालले भने, “भक्तपुरका विद्यालयले हरेकवर्ष एसइईसम्ममा उच्च अङ्क ल्याएर विद्यार्थीलाई उत्तीर्ण गराइरहेका छन्, यहाँका विद्यालय एवं कलेज अब्बल छन्, उच्च शिक्षा अध्ययन गर्ने विद्यालय तथा कलेज पनि यहाँका उत्कृष्ट छन्, अब्बल छन्, त्यसैले प्याब्सन र हिानको सहकार्यमा भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षासम्म भक्तपुरकै विद्यालय एवं कलेजमा अध्ययन गर्ने गराउने वातावरण गर्न सहकार्य सुरु गरेका हौं ।”

यसबारेमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रेष्ठले निजी र सरकारी विद्यालयका शिक्षाका बारेमा कुनै विभेद नभएको भन्दै सरकारीमा राज्यको लगानी र निजीमा व्यक्तिको लगानीमा मात्रै भन्नता रहे पनि शिक्षा र परीक्षा सबैमा राज्यकै भएको बताए ।

उनले भने, “शिक्षामा विभेद छैन, पाठ्यक्रम राज्यले बनाउँछ, शुल्क राज्यले नै तोक्छ, अहिले पनि स्थानीय सरकारले तोकेको मापदण्डभित्रै रहेर शुल्क लिइएको छ, प्रश्नपत्र निर्माणदेखि परीक्षा राज्यले नै सञ्चालन गर्छ, नतिजा राज्यले नै प्रकाशित गर्छ, अनि शिक्षामा कसरी विभेद हुन्छ रु”
    
मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेष आचार्य, हिसानका कोषाध्यक्ष दिनेश पाण्डे, सूर्यविनायक नगर प्याब्सन अध्यक्ष दिनेश मैनालीलगायतल भक्तपुरका अभिभावकले काठमाडौँ, ललितपुरका विद्यालयलाई मात्रै उत्कृष्ट देखेको अवस्थामा भक्तपुरका विद्यालय कलेजले पनि आवश्यक संरचनामा सुधार गर्दै भक्तपुरमा पनि उत्कृष्ट विद्यालय छन् भन्ने सन्देश प्रचारात्मकरुपमा अभिभावकसम्म पुर्याउनुपर्ने औँल्याए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending