Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

लागुऔषध मुद्दामा जेल परेका छाेरा भेट्न पुगेकी आमाकै साथमा ड्रग्स

खबरडबली संवाददाता

कैलाली । लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्‍याे । 
छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

ओमप्रकाशकी पत्नी पनि लागुऔषधकै मुद्दामा कारागारमा रहेकी छन् । कैलाली कारागारमै कैद भुक्तान गरिरहेका धनगढीका करन बमलाई भेट्न पुगेका आफन्त भीम बोगटीलाई पनि सेम्पुको डब्बाभित्र लागुऔषध लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

पछिल्ला महिनामा लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानीमा प्रहरीले आफ्नो सक्रियता बढाउँदै यसको जालो तोड्ने प्रयास प्रहरीले गरिरहेको छ । यसमा संलग्न हुने विभिन्न ठाउँबाट लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका छन् । 

यी घटनाले लागुऔषधको ओसारपसार र सेवन समाजमा डरलाग्दो रुपमा फैलिरहेको देखाउँछ । समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनैरुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ । 'बढी सङ्ख्यामा १६ देखि २२ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ, चोरी, लुटपाट, झैँझगडाजस्ता घटना र कतिपय हत्या घटनामा समेत लागुऔषध सेवनकर्ताको संलग्नता रहने गर्दा सुरक्षा चुनौती थपिएको छ', सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले भने । 

नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारि भारतीय बजारमा त्यहाँका व्यापारीले निर्वाधरुपमा लागुऔषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ । अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाएकै कारण कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागुऔषधको कुलतमा फसिरहेको देखिएको छ । 

घरपरिवारको बिग्रेको आन्तरिक माहोल, सञ्चार प्रविधिको दुरुपयोगले पनि धेरै व्यक्ति दुर्व्यवसनको सिकार भइरहेको पाइन्छ । कतिपय परिवारका अभिभावकले आफ्ना छोराछोरीसँग गर्ने गलत बानी व्यवहारका कारण पनि लागुऔषधको समस्या बढेको देखिएको प्रहरीको अध्ययनले देखाएको छ । 

युवायुवती लागुऔषध दुर्व्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखबरजस्तै देखिँदा यो  समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले बर्सेनि लागुऔषध मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका एकसय ७१ मुद्दा दर्ता भएकोमा आव २०७७/७८ सम्म आइपुग्दा यो सङ्ख्या बढेर दुई सय ५३ पुगेका थिए । यस्तै आव २०७८/७९मा  तीन सय ५३ मुद्दा दर्ता भएकोमा चालु वर्ष २०७९/८०को गत ११ महिनामा यो सङ्ख्या झण्डै चार सय ९१ पुगेको छ  । 

पछिल्लो ११ महिनामा दर्ता भएका मुद्दामा सबैभन्दा बढी एक सय ६८ जना १६ देखि २० वर्ष उमेर समूहका युवायुवती छन् । प्रदेशभरिका प्रहरी कार्यालयका थुनुवा कक्षमा विभिन्न अपराधमा हाल रहेका दुई सय ६७ थुनुवामध्ये एक सय ३७ जना लागुऔषधसम्बन्धी मुद्दाका छन् । उनीहरुमाथि थप अनुशन्धान गरी मुद्दा चलाउने प्रक्रिया चलिरहेको छ ।
'यो उमेर समूहका युवायुवतीको दिनचर्याको निरन्तर निगरानी गर्नमा अभिभावक, प्रहरी निकाय, शिक्षक सबैले गम्भीर हुनुपर्ने देखिएको छ, यसबाहेक लागुऔषधको उत्पादन हुने स्थल, सञ्चित गर्ने ठाउँ, आपूर्ति गरिने क्षेत्रलाई ‘डिस्ट्रवाइ’ गर्न अति आवश्यक छ', प्रहरी उपरीक्षक चौधरीले भने ।

कुलतमा लागेकाले समूहगतरूपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी टिपेक्स सुँघ्ने, गाँजा, चरेश, ब्राउन सुगर, ट्याब्लेटजस्ता कडा खालको लागुऔषध सेवन गरिरहेको बताइएको छ ।

यस्ता लागुऔषधले धित नमर्ने अवस्था भएमा कुलतमा फसेका कतिपय युवाले सुईको माध्यमवाट टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता कडा खालको लागुऔषध प्रयोग गर्ने गरेको पाइन्छ । यस्तो लतमा सबै वर्ग समुदायका युवायुवती लागेको भेटिन्छ । कतिपयले समाजमा बदनाम हुने डरले आफ्ना छोराछोरीको यस्तो आनीबानी लुकाउने गरेका छन् । 

यो समस्या समाधानको प्रयासस्वरुप प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकासँग समन्वयमा उपमहानगर क्षेत्रको फूलबारीमा दुई सय जना अट्ने क्षमताको सुधार केन्द्र स्थापनाको पहल थालेको छ । कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमितरुपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending