Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

म बाध्य भएँ, अप्ठ्यारै भयो भने राजीनामा दिन तयार छुः काेशी सभामुख बाबुराम गाैतम

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सरकार टिकाउनको लागि पद छाड्नुपर्ने परिस्थिति आए राजीनामा दिन तयार रहेको बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सभामुख गौतमले तत्कालै राजीनामा नदिए पनि भोलीका दिनमा राजीनामा दिनसक्ने संकेत गरेका हुन् ।

उनीसँग गरिएको कुराकानी संक्षेपमा  ।

तपाईँले राजीनामा कहिले दिने ?
मैले राजीनामा दिने बारेमा सोचेको छैन ।

तपाईँलाई सभामुख भनेर सम्बोधन गर्नु कि प्रदेशसभाको सदस्य भनेर ?
के भनेर सम्बोधन गर्नु हुन्छ भन्ने तपाईँहरूको कुरा हो । अहिलेसम्म म पदमा बहाल छु ।

तपाईँले संसदीय इतिहास धुमिल पर्ने काम गर्नुभयो भन्ने छ, के भन्नुहुन्छ ?
त्यस्तो केही पनि भएको छैन । आजसम्मको परम्परालाई हेर्दा सभामुखहरूको नाम सरकार गठनमा पठाएको देखिन्छ । प्रमाणिक आधारहरूले त्यसलाई पुष्टि नै गरेको छ । राष्ट्रपति कार्यालयमा ती फाइलहरू सुरक्षित नै होलान् भन्ने मैले ठानेको छु । सबै प्रदेश सरकारहरू बन्दा सभामुखको नाम जाने गरेको मैले पाएँ । नाम जान्छ भन्ने कुरामा म ढुक्कै थिएँ । यहाँ विशिष्ट चाहिँ भएको छ। साथीहरूले नाम छुट्टै सही गर्नुपर्ने प्रावधानको विषयमा म तयार थिइन । तपाईँहरूलाई प्रस्टै भन्नुपर्दा म तयार थिइन । अन्तिम अवस्थामा मैले हस्ताक्षर नदिई नहुने अवस्था देखा पर्‍यो त्यसै कारणले गर्दा मैले सरकार बनाउने कुरामा आफ्नो सहमति दिएको हो ।

अन्तिम समयमा आएर तपाईँलाई हस्ताक्षर गर्न कसले बाध्य बनायो ?
त्यो अहिले यसै भन्न सक्दिनँ । यो कुरा मैले निकास दिने कुराको रूपमा बुझ्दा हुन्छ ।

सभामुख पदको तटस्थता रह्यो कि रहेन ?
तटस्थता भन्ने कुरा चाहिँ त्यो संसदीय इतिहासमा पक्ष र विपक्षकै भूमिका हुन्छ । निष्पक्षता भन्ने कुरा कहीँ पनि हुँदैन । सरकार पनि निष्पक्ष हुँदैन । मुख्यमन्त्री आज बन्नुभयो, उहाँले निष्पक्षता शपथ खानुभएको छ । राज्यका सम्पूर्ण निकाय निष्पक्ष हुनपर्छ, तर यसको मतलब के हैन भनेँ मैले सदनमा गर्ने भूमिका म रहँदासम्म निष्पक्ष हुन्छ, यदि त्यो हुन सक्ने स्थिति बनेन भनेँ साँच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भनेँ मैले यहाँ बसिरहनु पर्ने आवश्यकता हुँदैन ।

सरकार बनाउन सभामुख पदलाई दाउमा किन राख्नु भएको त ? 

यो दाउभन्दा पनि परिस्थितिको उपज हो । पहिलो कुरा यो सरकार विघटन हुने बेलामा जुन तयारी हुनुपथ्र्यो । राम्रो कन्फर्टेबल मेजुरिटीको तयारी भएको रहेनछ भन्ने कुरा बुझियो । त्यो नभएपछि सभामुख सहभागी भएरै सरकार बनेको अवस्था छ । अब हरेक विधेयक, बजेटमा पनि समस्या आउने देखियो । त्यस्तो बेलामा प्रत्येक पटक बहुमत सिद्ध गर्न सरकारलाई सभामुखको समर्थन आवश्यक पर्ने देखिन्छ । त्यस्तो आवश्यकताका लागि सभामुखले प्रत्येक पटक सरकारलाई मत दिने परिस्थिति बन्छ कि बन्दैन ? त्यो अवस्था रहिरहने अवस्था हो भने सम्भवतः त्यतिखेर मैले कसैको दबाबले नभएर मेरो इच्छाले नै राजीनामा दिनुपर्ने परिस्थिति आउन सक्छ ।

तपाईँले नैतिकताको प्रश्न गरिरहँदा सभामुखले सरकारलाई समर्थन गर्न नैतिकताले दिन्थ्यो ?
यसको निकास चाहिँ के थियो त ? अब दुई-दुई तिर बाँडिएको छ। यो चाहिँ सरकार नबन्ने निरन्तरताको कारण हामीले यो प्रदेशलाई डेडलक त राख्न सक्दैन थियौँ । पार्टीले दबाब दिएको कुरा छैन । म आफैँले मैले विवेक पुर्‍याएर सरकारलाई समर्थन गरेको हो ।

सभामुखले आफ्नो गरिमा जोगाउन नसकेको भन्ने संविधान विद्को कुरालाई के भन्नु हुन्छ ? सभामुखबाट गिरेर सरकारलाई सघाएको हो ?
त्यो कुरालाई म मान्छु । मैले आफ्नै हैसियतभन्दा तल झरेर गरेको निर्णयमा म सहमत नै छु । म आफ्नो सदनको अध्यक्षको नाताले मैले पक्ष र प्रतिपक्षलाई मिलाएर जानु पर्ने मेरो जुन दायित्व छ त्यसको आधारमा एक पक्षीयरूपमा हस्ताक्षर गर्नु नपरोस् भन्ने मेरो चाहना नै थियो । त्यसकालागि मेरो अन्तिमसम्म प्रयास पनि थियो । त्यो लुकीछिपी पनि छैन त्यो क्लियर नै छ । अन्तिममा निकास के हो त त्यसो भए । निकास विहीन हामीले प्रदेशलाई राख्न सक्दैन थियौं । भोलि त्यसको गृहकार्य कसरी हुन्छ, त्यसको छलफल कसरी हुन्छ, कसरी बन्छ, टिक्छ कि टिक्दैन भन्ने कुरा उहाँहरूले जान्नुहुन्छ । मैले निकास दिनु पर्थ्यो मैले निकास दिएकै हो ।

तपाईंको निर्णय अदालतले उट्याइदिन्छ भन्ने लाग्दैन ?

अदालत हामी सबैले मान्नुपर्ने निकाय हो । अदालतले उल्ट्याउन सक्छ । उल्ट्यायो भने त्यो उसको कुरा हो । मेरो कुरा होइन । 

अब तपाईँ दलको कार्यकर्ता हो कि ?
मैले पनि चुनाव जितेरै आएको अवस्था हो । त्यस्तो अवस्थामा सम्पूर्ण रूपमा पार्टीबाट छुटेको भन्ने हुँदैन । विगतका सभामुखहरु पनि हिजो छाडेको भए पनि आज पार्टीमै हुनुहुन्छ । काम गरिरहनु भएको छ, त्यो नौलो कुरा हैन । अहिले भनेको प्रदेशसभालाई डेडलक राख्नबाट निकास दिएको हो । म सत्ता पक्ष भएको छैन, अहिलेलाई निकासमात्र दिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending