Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मिटरब्याजसम्बन्धी विधेयक भोलि नै सभाबाट पारित गर्ने सरकारको तयारी

खबरडबली संवाददाता

काठमाडौँ। मिटरब्याजीलाई कारबाही गर्न र पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको मिटरब्याजी विरुद्धको अध्यादेश निष्क्रिय भए पनि सोलाई प्रतिस्थापन गर्न संसदमा दर्ता भएको विधेयक भोलि नै पारित गर्ने तयारी गरिएको छ। 

प्रतिनिधिसभाको भोलि दिउँसो ३ बजे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र सो विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। 

प्रधानमन्त्रीको राजीनामा माग्दै बुधबारको बैठक अवरुद्ध गरेको एमालेले भोलिको बैठकमा अवरोध नगरे सो विधेयकलाई भोलि नै पारित गर्ने तयारी गरिएको छ।

संघीय संसदका प्रवक्ता एकराम गिरीले ६० दिन पुगेका कारण मिटरब्याजी नियन्त्रण गर्ने सम्बन्धी अध्यादेश निष्क्रिय भए पनि त्यसलाई प्रतिस्थापन गर्ने गरी ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ संसदमा दर्ता भई सो विधेयक सङ्घीय संसदमै विचाराधीन रहेको बताए। 

राष्ट्रियसभाले पारित गरेर सो विधेयक प्रतिनिधिसभामा पठाएको बताउँदै उनले विभिन्न कारणले हिजोको बैठकमा पास हुन नसके पनि भोलिको बैठकका लागि पनि सोही विधेयक कार्यसूचीमा रहेको बताएका छन्। 

सरकारले गत वैशाख २० गते मिटरब्याजीलाई कस्न भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो । त्यसको ४ दिनपछि प्रतिनिधिसभाको बर्खे अधिवेशन प्रारम्भ भएको थियो । 

गत वैशाख २७ गते प्रतिनिधिसभा बैठकले सो अध्यादेश स्वीकार गरेको थियो भने सो अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गत असार ५ गते राष्ट्रियसभामा दर्ता गराएका थिए । 

राष्ट्रियसभाले असार १५ मै अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाए पनि निष्क्रिय हुन ३ दिन बाँकी रहँदा सरकारले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो ।

हिजोको बैठकबाट पारित गरेपछि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने योजना प्रमुख प्रतिपक्षी दलका कारण अवरोध सिर्जना भएको थियो ।  

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: