धनकुटा । धनकुटाको चौबीसे गाउँपालिका ५ मुर्कुटे भन्ने स्थानमा तमोर नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुर जिल्लाको मनोहरीका १८ वर्षीय डुवा मोक्तान र ३२ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।
दुवै जना निर्माणाधीन तमोर करिडोर सडक आयोजनाका मजदुर रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनीहरू सडकमा काम गर्ने क्रममा चिप्लिएर नदीमा खसेका र खोजी कार्य जारी रहेकाे प्छरहरीले जनाएकाे छ ।
घटना बुधबार बेलुकी ५ बजेको भए पनि प्रहरीले बिहीबार अपराह्नमात्र त्यसबारे जानकारी पाएकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । वर्षाले अत्यधिक बाढी आइरहेकाले खोजतलासमा समस्या भएको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी, स्थानीयवासी खोजी जारी रहेको जनाइएको छ ।
यसैबीच, गत असार ८ गते तमोर नदीले बगाएका इन्जिनियर सिद्धार्थकुमार खत्री अझै बेपत्ता छन् । मोरङको बेलवारी घर भएका खत्री साँगुरीगढी–९ दिलुङटारमा मोटरेबल पुल निर्माणको नापजाँचको क्रममा चिप्लिएर नदीमा खसेका थिए । उनको खोजीकार्य जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: