काठमाडौं। हिँडेने काम खुट्टाले गर्ने भए पनि नयाँ कीर्तिमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम लेखाउन मान्छेले अचम्म-अचम्मका काम गर्ने गरेका छन् । यस्तै एउटा अचम्मको काम गरेर एक नेपाली युवाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराएका छन् ।
२९ वर्षीय नेपाली युवा हरिचन्द्र गिरीले खुट्टा माथि र टाउको तल पारेर दुबै हातले सिँढी ओर्लिएर गिनिज बुकमा आफ्नो नाम लेखाएका हुन् । नेपाल आर्मीमा कम गर्ने गिरीले हातले हिँडेर सबैभन्दा कम समयमा ७५ वटा सिँढी ओर्लिएका थिए ।
गिनिज वर्ल्ड रेकर्डका अनुसार, गिरीले हातले हिँडेर सिँढीको ७५ वटा खुड्किला ओर्लन केवल २५.०३ सेकेन्ड समय खर्चिएका थिए । हातले हिँडेर उनले औसतमा प्रत्येक सेकेन्ड सिँढीको तीनवटा खुड्किलो पार गरेका थिए । यसअघि उक्त कीर्तिमान अमेरिकाका मार्क केन्नीको नाममा रहेको पनि गिनिज वल्र्ड रेकर्डले जनाएको छ । मार्क केन्नीले सन् २०१४ मा हातले हिँडेर सिँढीको ७५ वटा खुड्किलो झर्न ३०.८ सेकेन्ड समय खर्चिएका थिए ।
गिरीले गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधिको रोहवरमा काठमाडौं उपत्यकाको जाम्चेन विजया स्तुपामा उक्त कीर्तिमान बनाएको समाचारमा जनाइएको छ । आगामी दिनमा पनि गिरीको कीर्तिमान भंग गर्न निकै कठिन रहेको समाचारमा जनाइएको छ । हातले हिँडेर सिँढी ओर्लनु निकै कठिन कार्य भएको गिनिज वल्र्ड रेकर्डले पनि जनाएको छ । तर, गिरीले भने सहजै आफ्नो लक्ष्य पूरा गरेका थिए । गिरीले आफ्नो उमेर आठ वर्षको हुँदादेखि नै हातले हिँड्ने अभ्यास गर्दै आएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: