काठमाडौं। हिँडेने काम खुट्टाले गर्ने भए पनि नयाँ कीर्तिमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम लेखाउन मान्छेले अचम्म-अचम्मका काम गर्ने गरेका छन् । यस्तै एउटा अचम्मको काम गरेर एक नेपाली युवाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराएका छन् ।
२९ वर्षीय नेपाली युवा हरिचन्द्र गिरीले खुट्टा माथि र टाउको तल पारेर दुबै हातले सिँढी ओर्लिएर गिनिज बुकमा आफ्नो नाम लेखाएका हुन् । नेपाल आर्मीमा कम गर्ने गिरीले हातले हिँडेर सबैभन्दा कम समयमा ७५ वटा सिँढी ओर्लिएका थिए ।
गिनिज वर्ल्ड रेकर्डका अनुसार, गिरीले हातले हिँडेर सिँढीको ७५ वटा खुड्किला ओर्लन केवल २५.०३ सेकेन्ड समय खर्चिएका थिए । हातले हिँडेर उनले औसतमा प्रत्येक सेकेन्ड सिँढीको तीनवटा खुड्किलो पार गरेका थिए । यसअघि उक्त कीर्तिमान अमेरिकाका मार्क केन्नीको नाममा रहेको पनि गिनिज वल्र्ड रेकर्डले जनाएको छ । मार्क केन्नीले सन् २०१४ मा हातले हिँडेर सिँढीको ७५ वटा खुड्किलो झर्न ३०.८ सेकेन्ड समय खर्चिएका थिए ।
गिरीले गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधिको रोहवरमा काठमाडौं उपत्यकाको जाम्चेन विजया स्तुपामा उक्त कीर्तिमान बनाएको समाचारमा जनाइएको छ । आगामी दिनमा पनि गिरीको कीर्तिमान भंग गर्न निकै कठिन रहेको समाचारमा जनाइएको छ । हातले हिँडेर सिँढी ओर्लनु निकै कठिन कार्य भएको गिनिज वल्र्ड रेकर्डले पनि जनाएको छ । तर, गिरीले भने सहजै आफ्नो लक्ष्य पूरा गरेका थिए । गिरीले आफ्नो उमेर आठ वर्षको हुँदादेखि नै हातले हिँड्ने अभ्यास गर्दै आएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: