विराटनगर । कोशी प्रदेशमा गठबन्धन दलले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो।
प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ । यद्यपी, गठबन्धनसँग पनि स्पष्ट बहुमत छैन।
४७ प्रदेश सांसदको समर्थन जुटाएर सरकार गठनका लागि दाबी गर्ने तयार भइरहको माओवादीका प्रदेश सांसद दुर्गाप्रसाद चापागाईंले रहेको बताए । उनले थप प्रदेश सांसदको समर्थन जुटाउन प्रयास जारी राख्ने गठबन्धन दलको नीति रहेको बताए।
गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।एमाले र राप्रपाका सांसदले भने सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख गौतमलाई गन्ती गर्न नमिल्ने बताएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २१, माओवादीका १२ (सभामुखबाहेक), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । सभामुखलाई जोड्दा मात्रै गठबन्धनको ४७ सांसद पुग्छ ।
सभामुखलाई गनेर सरकार गठन प्रक्रिया अघि बढाए स्वीकार्य नहुने एमालेको चेतावनी छ। गठबन्धन दलले सरकार गठनका लागि दाबी पेस गर्न सभामुखसहित बहुमत पुर्याउनुका साथै राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा कोशीका नेता भक्ति सिटौलासँग सरकार गठनका लागि समर्थन जुटाउन गठबन्धन दलले छलफल गरिरहेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: