सुनसरी । सुनसरीको इटहरीमा कान्छाराम कन्स्ट्रक्सनको टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
आमा–छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा इटहरी–८ गैसारकी ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार २२ वर्षीया छोरी अंशुको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको थियो । स्थानीयबासीले ठक्करबाट घाइते भएकी सरितालाई चालकले ब्याक गरेर किचेको आरोप लगाएका छन्। प्रहरीले भने त्यसबारे अनुसन्धानपछि मात्रै केही भन्न सकिने जनाएको छ।
को १४ प ५२६ नम्बरको स्कुटरमा सवार उनीहरू विराटनगर लाइनतर्फ अघि बढ्ने क्रममा थिए । विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिपरले ठक्कर दिएर सरिताको ज्यान गएपछि स्थानीयबासीले टिपरमा तोडफोड गरेका थिए।
टिपर र चालकलाई प्रहरीले जोगाउन खोज्दा सर्वसाधारणले ढुंगामुढासमेत गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो । अहिले तनाव साम्य भइसकेको छ।
त्यसक्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ३ गरी नौ जना सुरक्षाकर्मी घाइते भएको एसपी ढकालले जानकारी दिए । प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई नियन्त्रणमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: