Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सवारी दुर्घटना भयावह बन्दै , बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि

खबरडबली संवाददाता

काठमाडाैं । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ । १४ जिल्ला रहेको कोशीमा मंगलबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरु भएको हो ।

उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरे । सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तर दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।

प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा ३७३ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । २०७६/७७ मा ३३२ जना २०७७/७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए ।

गत वर्ष मात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामा परी ५३१ जनाको मृत्यु भएको उनले बताए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइते र ५ हजार ३३५ जना सामान्य घाइते भएका छन् । उनका अनुसार बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि प्रमुख कारणको रूपमा रहेको उनले बताए ।

चालक र सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनले बताए । ‘दुर्घटनाको मानवीय कारणहरूको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँदा र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरूले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ । ’ यसरी भएको दुर्घटनालाई नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पु र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधनहरूको संलग्नता रहेको एसपी महत्त्वले जानकारी गराए । ‘सवारी साधनका चालकहरू र सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना नगर्नु दण्डनीय कसुर हो भनी आत्मसाथ गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिबद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनीकरणतर्फ आशातीत सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक र्‍याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजनमा भएको निक्लिएको र्‍याली महेन्द्र चोक हुँदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो ।

ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन पेटी तथा जेब्रा क्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गति कम गर्न प्रेरित गर्ने तथा जेब्रा क्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, तेस्रो दिन पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।

तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्राफिक सङ्केतका बोर्डहरू राख्ने, सडकमा राखिएका निर्माण सामाग्रीहरू हटाउने र सडकमा भएका खाल्डा खुल्डीहरूलाई सरोकारवाला निकायहरू सँग समन्वय गरी मर्मत गर्न लगाउने कार्यक्रम रहेको छ । यस्तै चौथो दिन विराटनगर बसपार्कमा सवारी चालकहरूलाई सचेतना कार्यक्रम र पाँचौँ दिन सचेतना, छैटौँ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाँच र अन्तिम दिन अन्तर्क्रिया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending