पोखरा । जुम्लामा अन्तरजातीय बिहेको निहुँमा घर आगजनी गरेको विषय गण्डकी प्रदेशसभामा उठेको छ । प्रदेश सांसद गोविन्दबहादुर नेपालीले विभेद उत्पीडन र अपराधको कुनै भौगोलिक सीमा नहुने भन्दै जुम्लाको घटना प्रदेशसभामा उठाएका हुन् ।
जुम्लाको तातोपानी ४ गिदी खोलामा अन्तरजातीय विवाहलाई लिएर मुकुन्द नेपालीको घर जलाएको विषय निन्दनीय भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाही गर्न माग गरेका हुन् । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण कार्य भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाहीको माग गरेका हुन् ।
‘आज परिवार विस्तापित भएको छ । त्यहाँ केटाकेटी र परिवारलाई परिवारको थ्रेट छ । ठूलो धनजनको क्षति भएको छ । यसकारण यस घटनाको निन्दा गर्दै यो घटनामा दोषीमाथि कानुनी कारबाहीको माग गदर्छु,’ एमाले प्रमुख सचेतक समेत रहेको नेपालीले भने, ‘यस्ता घटना घट्नुअघि नै गण्डकी सरकारको पनि ध्यान जाओस् । धेरै घटना यहीँ पनि घटेका छन् ।’
यस्तै प्रदेशसभा सदस्य दमयन्ती रुचालले पनि शुन्य समयमा बोल्दै उक्त घटनामा प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी हुन् । ‘घर जलाइरहेका छन् । ६५ लाख बराबरको धन नष्ट भएको छ । विवाहित जोडी सम्पर्कमा नभएको र खोज कार्य भइरहेको छ,’ उनले भनिन्, ‘कहिलेसम्म नेपालका ६० लाख दलितहरूले अत्याचार बेहोर्नुपर्ने हो ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: