पोखरा । पोखरामा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सामाजिक सञ्जालमार्फत महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको विवरण सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई इन्स्टाग्राममार्फत लेखेको म्यासेजको स्क्रिनसट ट्विटरमार्फत सार्वजनिक भएको हो ।
पीडित महिला प्रहरीले नयाँ ट्विटर एकाउन्ट बनाएर प्रहरी हेडक्वार्टर र सञ्चारमाध्यमलाई मेन्सन गर्दै आफू असुरक्षित भएको भनेर इन्स्पेक्टर तिमिल्सिनाको नामबाट पठाएको म्यासेजको स्क्रिनसट पोष्ट गरेपछि घटना बाहिरिएको हो ।
‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमार्फत सार्वजनिक भएको स्क्रिनसटमा तिमिल्सिनाले पिडित महिलालाई तिम्रो शरीरको फ्यान हुँ भन्दै तस्विर पठाउन भनेका छन् । ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै पीडित महिलाले लेखेकी छन् ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’
स्क्रिनसट अनुसार ‘डु यु नो वान थिङ, आइ एम फ्यान अफ योर बडी फिगर’ भन्दै म्यासेज लेख्न सुरु गरेका तिमिल्सिनाले लगत्तै तस्विर पठाउन भनेका छन् । महिलाले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै तस्विर नपठाउने भनेपछि पुनः उनले कर गर्दै भनेका छन् ‘ट्रस्ट मी, इट्स विट्विन अस’ (विश्वास गर, यो तिमी र म बीच मात्र रहनेछ)।
‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन दवाव सिर्जना गरेका छन् । महिलाले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेर जवाफ दिएकी छन् । आफ्नो क्लासले पनि नराम्रो हुन नदिने भन्दै तस्विर पठाउन थप दबाब दिएका तिमिल्सिनाले तस्विर नपठाएपछि ‘तिमी भिडियो कलमा सहज महसुस गर्छौं ’भन्दै प्रश्न गरेका छन् ।
घटनाबारे सार्वजनिक भएपछि छानबिन समिति गठन
घटनाबारे सार्वजनिक भएसंगै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ । कास्कीका प्रहरी प्रमुख, एसपी अजय केसीका अनुसार इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ ।
‘सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त घटनाको बारेमा समिति गठन गरेर नै छानबिन सुरु भएको छ , समितिले थप अनुसन्धान गरेर दिने निष्कर्षका आधारमा दोषी भेटिए कारबाही अघि बढ्छ,’ एसपी केसीले भने। इन्स्पेक्टरले तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने विषय साइबर ल्याबबाटै छानबिन गरेपछि प्रष्ट हुने एसपी केसीको भनाई छ ।
आरोपित तिमिल्सिनाले प्रहरी प्रमुख केसीलाई निवेदन दिएर उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको भन्दै निवेदन दिएपछि छानबिनका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ ।
‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ तिमिल्सिनाले निवेदनमा उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: