पोखरा । पोखरामा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सामाजिक सञ्जालमार्फत महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको विवरण सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई इन्स्टाग्राममार्फत लेखेको म्यासेजको स्क्रिनसट ट्विटरमार्फत सार्वजनिक भएको हो ।
पीडित महिला प्रहरीले नयाँ ट्विटर एकाउन्ट बनाएर प्रहरी हेडक्वार्टर र सञ्चारमाध्यमलाई मेन्सन गर्दै आफू असुरक्षित भएको भनेर इन्स्पेक्टर तिमिल्सिनाको नामबाट पठाएको म्यासेजको स्क्रिनसट पोष्ट गरेपछि घटना बाहिरिएको हो ।
‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमार्फत सार्वजनिक भएको स्क्रिनसटमा तिमिल्सिनाले पिडित महिलालाई तिम्रो शरीरको फ्यान हुँ भन्दै तस्विर पठाउन भनेका छन् । ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै पीडित महिलाले लेखेकी छन् ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’
स्क्रिनसट अनुसार ‘डु यु नो वान थिङ, आइ एम फ्यान अफ योर बडी फिगर’ भन्दै म्यासेज लेख्न सुरु गरेका तिमिल्सिनाले लगत्तै तस्विर पठाउन भनेका छन् । महिलाले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै तस्विर नपठाउने भनेपछि पुनः उनले कर गर्दै भनेका छन् ‘ट्रस्ट मी, इट्स विट्विन अस’ (विश्वास गर, यो तिमी र म बीच मात्र रहनेछ)।
‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन दवाव सिर्जना गरेका छन् । महिलाले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेर जवाफ दिएकी छन् । आफ्नो क्लासले पनि नराम्रो हुन नदिने भन्दै तस्विर पठाउन थप दबाब दिएका तिमिल्सिनाले तस्विर नपठाएपछि ‘तिमी भिडियो कलमा सहज महसुस गर्छौं ’भन्दै प्रश्न गरेका छन् ।
घटनाबारे सार्वजनिक भएपछि छानबिन समिति गठन
घटनाबारे सार्वजनिक भएसंगै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ । कास्कीका प्रहरी प्रमुख, एसपी अजय केसीका अनुसार इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ ।
‘सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त घटनाको बारेमा समिति गठन गरेर नै छानबिन सुरु भएको छ , समितिले थप अनुसन्धान गरेर दिने निष्कर्षका आधारमा दोषी भेटिए कारबाही अघि बढ्छ,’ एसपी केसीले भने। इन्स्पेक्टरले तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने विषय साइबर ल्याबबाटै छानबिन गरेपछि प्रष्ट हुने एसपी केसीको भनाई छ ।
आरोपित तिमिल्सिनाले प्रहरी प्रमुख केसीलाई निवेदन दिएर उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको भन्दै निवेदन दिएपछि छानबिनका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ ।
‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ तिमिल्सिनाले निवेदनमा उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: