काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीको विवाद मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।
बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी भएका छन् । मूख्य मन्त्रीकाे आ-आफ्नै दाबी गरीरहेका माओवादी र कांग्रेसकाे मूख्य गाँठाे प्रदेश सरकार नै रहेकाे छ । दुबै दलले मूख्यमन्त्रीकाे दाबी गरीरहेकाे अवस्थामा यसलाई मिलाउन गठबन्धनकाे केन्द्रीय संयन्त्र नै लागी परेकाे छ । आजकाे बैठकले यसलाई निकास दिने बताइएकाे छ ।
काेशीमा नेकपा (एमाले)का नेता हिक्मत कार्कीको सरकार असार १५ मा ढलेपछि आइतवार नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतवार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार बनाउन खापुङ्गले आह्वान गरेका छन् ।
मुख्यमन्त्रीमा दाबीका लागि असार २१ सम्म मात्रै समय सिमा दिएकाे छ । कोशीमा गठबन्धन भित्रै कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद भएपछि शीर्ष नेता मार्फत विवाद मिलाउन पहल सुरु भएको हो ।
कोशी प्रदेशमा एमाले ४० सांसद सहित पहिलो दल हो भने कांग्रेस २९ सांसदसहित दोस्रो, गठबन्धनसँग ४६ जना सांसद छन् । कार्कीले लिएको विश्वासको मतमा १ सांसद रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) तटस्थ बसेको थियो । ९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: