Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बालुवाटार बैठकबाट फुक्लीएला त कोशीको गाँठो ?

खबरडबली संवाददाता

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीको विवाद मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ । 

बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी भएका छन् ।   मूख्य मन्त्रीकाे आ-आफ्नै दाबी गरीरहेका माओवादी र कांग्रेसकाे मूख्य गाँठाे प्रदेश सरकार नै रहेकाे छ । दुबै दलले मूख्यमन्त्रीकाे दाबी गरीरहेकाे अवस्थामा यसलाई मिलाउन गठबन्धनकाे केन्द्रीय संयन्त्र नै लागी परेकाे छ । आजकाे बैठकले यसलाई निकास दिने बताइएकाे छ । 

काेशीमा नेकपा (एमाले)का नेता हिक्मत कार्कीको सरकार असार १५ मा ढलेपछि आइतवार नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतवार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार बनाउन खापुङ्गले आह्वान गरेका छन्  ।

मुख्यमन्त्रीमा दाबीका लागि असार २१ सम्म मात्रै समय सिमा दिएकाे छ । कोशीमा गठबन्धन भित्रै कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद भएपछि शीर्ष नेता मार्फत विवाद मिलाउन पहल सुरु भएको हो । 

कोशी प्रदेशमा एमाले ४० सांसद सहित पहिलो दल हो भने कांग्रेस २९ सांसदसहित दोस्रो, गठबन्धनसँग ४६ जना सांसद छन् । कार्कीले लिएको विश्वासको मतमा १ सांसद रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) तटस्थ बसेको थियो । ९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending