Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

माेरङकाे सुन्दहरैचामा सहकारीमा चोरी, सिसिटिभीको ‘हार्डडिक्स’ गायब

खबरडबली संवाददाता

माेरङ  । माेरङकाे  सुन्दरहरैचा स्थित साना किसान कृषी सहकारी संस्थामा चोरी प्रयास भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ६ मा संचालन हुँदै आएको सुन्दरपुर साना किसान कृषी सहकारी संस्था लिमिटेडमा गए राती चोरीको प्रयास भएको हो ।

आइतबार राती संस्थाको ताला फुटाउदै चोरले संस्थाबाट सिसिटिभिको हार्डडिक्स समेत चोरेको छ । संस्थाको दैनिक कारोबारको रकम लकरमा राखिएको र चोरले उक्त लकर फुटाउन नसक्दा ठुलो रकम चोरी हुनबाट भने जोगिएको सहकारीले जनाएकाे छ ।

कार्यालयको भवनको  सभा हलको झ्याल फोडेर  कारोबार रहेको दोस्रो तलाको ढोकाको ताल्चा काटेर भित्र प्रवेश गरेको चोरले कार्यालयमा रकम नभेटेपछि सिसिटिभिको भिडियो स्टोरेज हुने हार्डडिस्कनै चोरेर लगेको बताइएकाे छ  । 

संस्थाका अध्यक्ष भिम पौडेलले लकरबाट रकम निकाल्न नसकेपछी सिसिटिभिको हार्डडिस्क चोरी भएको जानकारी दिए । उनले नगद चोरी हुनबाट जोगियो, हार्डडिक्स चोरी भएको र  संस्थामा चोरीको प्रयास हुनु निकै दुःखद् विषय भएकाे बताए ।

सिसिटिभी क्यामराको भिडियो रेकर्ड हुने हार्डडिक्सनै चोरेर लगेका कारण घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) उदय शमसेर जबराले बताए । सिसिटिभिको हार्डडिस्क नै हराएपछी प्रहरीले अन्य विभिन्न तरिकाबाट अनुसन्धान थालेको जवराले बताए ।

सहकारीमा चोरीको घटनालाई लिएर अहिले स्थानियवासी तथा शेयर सदस्यहरु चिन्तित बनेका छन् । सहकारी भित्र उक्त दिन आइतबार मात्र २० लाख बराबरको रकम लकरमा राखिएको थियो । नाम नखुलाउने सर्तमा एक शेयर सदस्यले भने “लकरमा रकम राखिएको सुचना कतैबाट बाहिर पुगेको हुन सक्छ । नत्र त्यही दिन चोरी हुनु र झ्यालबाट चोर छिर्नु नै शंकास्पद रहेको छ ।” उनले प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending