Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जिरी अस्पतालमा गर्भवतीको शल्यक्रिया गर्दा शिशुकाे हात भाँचीयाे !

खबरडबली संवाददाता

दोलखा । दोलखाको जिरी अस्पतालमा एक सुत्केरी महिलाको शल्यक्रिया गर्ने क्रममा शिशुको हात भाँचिएको र आमाशय फुटेको पाइएकाे  छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु धारापानीकी एक युवतीको शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा शिशुको दाहिने हात भाँचिनुका साथै आमाशय फुटेको परिवारजनले बताएका छन् ।

सुत्केरीका ससुरा आङनिमा शेर्पाले जिरी अस्पतालको लापरवाहीका कारण शिशुको हात भाँचिनुको साथै बच्चाको आमाशाय समेत फुटेको दावी गरेका छन् । सुत्केरी बेथा लागेपछि बुहारीलाई असार १० गते गोकुलगंगा गाउँपालिकाको एम्बुलेन्स मार्फत जिरी अस्पताल ल्याईएको उनले बताए । 

उनलाई शुरुमा सामान्य प्रक्रियावाटै सुत्केरी गराउन खोजिए पनि अन्तिम समयमा आएर शल्यक्रिया गरिएको थियो । अस्पतालका एमडिजिपि डाक्टर राजु गुरुङ नेतृत्वको टिमले ती युवतीको शल्यक्रिया गरेको बताईएको छ ।

शल्यक्रियाको माध्यमबाट सुत्केरी गराएसँगै अस्पतालले शिशुको अवस्था सामान्य नरहेको बताउँदै काठमाडौं रिफर गर्न सुझाव दिएको थियो । सो क्रममा अस्पतालले शिशुले फोहोर खाएर स्वासप्रस्वासमा असर पुगेको र त्यसले निमोनियाको जोखिम हुने भन्दै तत्काल काठमाडौंको पाटन अस्पताल लैजान सुझाब दिएकाे परिवारजनले बताएका छन् ।

जिरी अस्पतालको शिफारिसमा शिशु र सुत्केरीलाई पाटन अस्पताल पुर्याएपछि चेकजाँच गर्ने क्रममा शिशुको हात भाँचिएको र आमाशाय फुटेको पाइएको पीडितका ससुरा आङनिमा शेर्पाले बताए । परिवारजनले शिशुको हात र आमाशयमा मात्रै नभएर शरीरका अन्य भागमा समेत चोट पुगेको आशंका गरेका छन् ।

गर्भवतीको शल्यक्रियाको क्रममा शिशुको हात भाँचिएको र आमासय फुटेको पाटन अस्पतालले बताए पछि पीडित सुत्केरीका ससुरा आङनिमा शेर्पाले जिरी अस्पतालको लापरवाहीका बिषयमा बोलेको भिडियो सार्वजनिक भएको छ । 

परिवारका अनुसार नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । बिरामीको उपचार गर्ने क्रममा जिरी अस्पतालका स्वास्थ्यकर्मीहरुले राम्रोसँग हेरचाह नगर्ने, बिरामी र बिरामीका कुरुवालाई अनावश्यक रुपमा थर्काउने, झर्किने लगायतको व्यवहार हुने गरेको शेर्पाले बताएका छन् ।

गम्भीर अवस्थाको शिशुलाई अक्सिजन दिनुपर्ने बताएपनि अक्सिजन जोड्न समेत डाक्टर र अन्य स्वास्थ्यकर्मीले ध्यान नदिएको तथा काठमाडौं रिफर गर्दा एम्बुलेन्स चालकले अक्सिजनको अवस्था मिलाउनु पर्ने अवस्था रहेको पिडित पक्षको भनाई छ । पीडित परिवारले लापरवाही गर्ने डाक्टर र स्वास्थ्यकर्मी माथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

शल्यक्रियामा लापरवाही भएको छैनः जिरी अस्पताल

जिरी अस्पतालले भने सुत्केरीको शल्यक्रियाका क्रममा शिशुको हात भाँचिएको र आमाशय फुटेको भनि सार्वजनिक भएको बिषयलाई खण्डन गरेको छ । 

अस्पतालका प्रमुख, डाक्टर रञ्जित झाले शल्यक्रियाको क्रममा आमाशय नैं फुट्ने गरी कमजोरी भएको भन्ने आरोप निराधर रहेको बताए । हाल काठमाडौंमा रहेका डाक्टर झाले शल्यक्रिया गरेर शिशु निकाल्दा हालसम्म त्यस्तो प्रकृतिको घटना नघटेको र सो घटना पत्याउन सक्ने अवस्थाको नरहेको प्रतिक्रिया दिए ।

डा. झाका अनुसार युवतीको पेटमा शिशु उल्टो अवस्थामा रहेको थियो । त्यसलाई शल्यक्रिया गरेर निकाल्दा प्रेसर दिनु पर्ने भएकाले हातमा थोरै प्रेसर परेपनि आन्द्रासम्म फुट्ने सम्भावना नरहेको उनको दाबी छ ।

नवताज शिशुले फोहोर पदार्थ खाएको आशंकामा समयमै थप उपचारकालागि काठमाडौं रिफर गरिएको जिरी अस्पतालले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?

चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...

ग्यास आपूर्ति कडाइको असर : भारतबाट नेपाली मजदुर स्वदेश फर्किन थाले

सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: