Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या घटाइयो

खबरडबली संवाददाता

न्यूयोर्क ।  ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गरेका छन् । 

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्करूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता), जसलार्ई अप्रमाणित प्रयोगकर्ता भनिएको छ,ले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन् । त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन् । 

मस्कले शनिबार अपराह्न एक ट्वीटमा भने, “तथ्याङ्क प्रेषण ९डाटा स्क्रैपिङ्गको चरम स्तरलाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो ।”
 
मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको थियो ।

ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन्  । 

मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गरेका थिए । 

अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताए । 

मानव–जस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न, धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन् ।

मस्कले भने, “सयौँ सङ्गठनहरू ९शायद अधिक० ले ट्वीटर तथ्याङ्कलाई अत्यन्त आक्रामक रूपमा प्रयोग गरिरहेका छन् र यसले वास्तविक प्रयोगकर्ता र उनीहरूको अनुभवलाई असर गरिरहेको छ ।”

“एआईको सञ्चालन शुरूवातमा रहेका वा केही ठूला कर्पोरेसनहरूसम्मले पनि विशाल मात्रामा ‘डेटा स्क्रैप’ गरिरहेका छन्,” उनले भने ।

एआई क्षेत्रको तीव्र गतिसँग जुध्नु पर्ने ट्वीटर एक्लो सामाजिक सञ्चारमाध्यम भने होइन ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: