काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गर्ने तयारी गरेका छन् । सरकार गठनको प्रस्ताव आह्वानका लागि प्रदेश प्रमुख खापुङले शुक्रबार र शनिबार दलहरुसँग छलफल गरे पश्चात आइतबार सरकार गठनका लागि आह्वान गर्न लागेका हुन् ।
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि उनले दलहरुसँग छलफल अघि बढाएका थिए । प्रदेश प्रमुखको सचिवालयले भने सरकार गठनका लागि कानुनविद्हरुसँग परामर्श भइरहेको र सम्भवत: आइतबारसम्म आह्वान हुने बताएको छ।
प्रदेश प्रमुख खापुङ संविधानको धारा १६८ को उपधार २ वा ३ कुन अनुसार सरकार गठनको आह्वान गर्ने भन्नेबारे कानुनी परामर्शमा रहेका छन् । केही दिनदेखि छलफल चलिरहेको र आइबार सरकार गठनकाे आह्वान हुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले बताए। संविधानको धारा १६८ को कुन उपधाराअनुसार सरकार गठन आह्वान गर्ने भन्ने विषयमा कानुनी परामर्श भइरहेको उनकाे भनाइ छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट असफल भएको थियो । कार्कीले ४६ मत मात्र पाएका थिए । विश्वासको मत गुमाएका कारण उनी पदमुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार सरकार गठनको प्रस्ताव आह्वान हुनुपर्ने दाबी एमालेले गरेको छ। तर नेपाली कांग्रेस, माओवादी केन्द्र लगातयका दलहरुले पहिला धारा १६८ को उपधारा (२) अनुसारको मौका दिनुपर्ने दाबी गर्दै आएका छन्। यसरी २ थरी दाबीका कारण प्रदेश प्रमुख कानुनी परामर्शमा लागेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: