डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ । यही चामल उपल्लो डोल्पामा पुर्याउँदा दुई हजार ५०० पर्छ । एक क्विन्टल ढुवानी गर्दा १० हजार खर्च गर्नुपर्छ ।
उपल्लो डोल्पामा सामान ढुवानी गर्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन् । उपल्लो डोल्पामा रहेका तीन पालिकामा भौतिक संरचना निर्माणदेखि विकास निर्माण सबै काम गर्दा सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्दा समस्या हुने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।
छार्काताङसुङ, डोल्पोबुद्ध गाउँपालिकामा ढुवानी गर्दा हप्ता दिन लाग्छ। डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पामा ढुवानी गरी ल्याएको सामग्री बिच बाटोमै फुट्ने समस्या हुने गरेको छ । साँघुरो बाटोमा खच्चड, चौँरीमा ढुवानी गरेर ल्याएको सामग्रीको मूल्य समेत आकाशिने गरेको छ ।
ढुवानीको रकम मात्र धेरै खर्चिनु पर्ने भएकाले तोकिएको मापदण्डमा विकास निर्माणका काम गर्न यहाँ समस्या हुने गरेको जनप्रतिनिधि बताउँछन् । ‘पाइप ढुवानीमा एक भारीको मूल्य हुन्छ भने अन्य सामग्री ढुवानी गर्दा प्रति केजी १०० रुपैयाँ दिनुपर्छ’, उनले भने, ‘यसका कारण सामानको मूल्य भन्दा ढुवानी भाडा बढी पर्न जान्छ।’
खच्चड तथा चौँरीमा ढुवानी हुन नसकेका सामग्रीहरु हेलिकोप्टरको माध्यमबाट समेत ढुवानी गर्नुपर्ने हुन्छ , यो हिसाबले खर्च नै पुग्दैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटा बताउँछन्। ‘गाउँपालिकाका सबै ठाउँमा जान र आउन मात्र दुई हप्ताभन्दा बढी लाग्छ’, उनी भन्छन्, ‘छरिएर रहेका बस्ती भएकै कारण विकास गर्न समेत मुस्किल छ।’
सबै निर्माणका सामग्री देखि खाद्यान्नका सामग्री समेत दुनैबाट नै ल्याउनु पर्दा भारी महँगो हुने गरेको देवकोटाले बताए। वर्षमा एक मात्र बाली पाक्ने यहाँ आयमित वस्तुले मात्र जीवन व्यवहार चलाउनु परेको उनी बताउँछन्। सीमित स्रोत र साधनबीच पालिकाभित्र अहिले सडक ,खानेपानी ,सिँचाइ र जडिबुटीका काम चलिरहेका छन्।
उपल्लो डोल्पाका कुरा कसैले नसुनेको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । आन्तरिक आम्दानी शुन्य रहेको उपल्लो डोल्पामा अनुदानको रकमका भरमा सबै काम हुँदै आएको छ। अहिले दुनै देखि लासिक्यापसम्मको सडक ट्रयाक खोलेमा मात्र उपल्लो डोल्पाका लागि केही राहत पुग्ने उनको भनाइ छ।
सदरमुकाम दुनैमा रहेको भेरी नदीमा पुल निर्माणको काम समेत शुरु भएको छैन । भौतिक पूवर्धार कार्यालय डोल्पाका प्रमुख नविन थापाका अनुसार पुल निर्माण गर्ने की बेलिब्रिज निर्माण गर्ने भन्नेमा छलफल चलिरहेको छ । साउनको अन्तिम सम्म दुईमध्ये एकको काम हुने उनले दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: