Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

खबरडबली संवाददाता

काठमाडौँ । आज असार १५ देशभर धान दिवस मनाइँदै छ। यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ। भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन।

सिँचाइको अभावका कारण किसानले अकाशे पानीको भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असारको पहिलो सातासम्म खडेरी परेकाले यस वर्ष रोपाइँ ढिला भएको किसान बताउँछन्। केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन्।

जिल्लाको निसीखोला र गलकोटका अधिकांश ठाउँमा रोपाइँ भए पनि अन्य पालिकामा न्यून मात्रामा रोपाइँ भएको छ। केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको गलकोटका कृषक विरबहादुर खत्रीले बताए। ‘धान र कोदोको ब्याड राखेपछि लामो समय पानी नपर्दा बीउ कसरी जोगाउने भन्ने चिन्ता थियो। पानी पर्न थालेपछि यहाँका किसान खनजोतमा व्यस्त छन्’, उनले भने। व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा रोपाइँ सकिसक्नुपर्ने बेला बल्ल रोपाइँ सुरु गर्नुपरेको उनले बताए।

खेतीयोग्य जमिन हुँदाहुँदै पनि मल र सिँचाइको अभावमा समयमै बाली लगाउन नसकेको कृषक खत्रीले बताए। उनले भने वर्षौंदेखि अकाशे पानीको भरमा धान बाली लगाउँदै आएको भन्दै अहिलेसम्म सिँचाइको समस्या समाधान हुन नसकेको गुनासो पोखे।

गाउँमा धेरै जसो किसानले गोठे तथा प्राङ्गारिक मल प्रयोग गरे पनि पछिल्लो समय पशुचौपाया पाल्न छोडेपछि रासायनिक मलको आवश्यक पर्ने गरेको खत्रीले बताए। रासायनिक मल जिल्ला सदरमुकामसम्म आएपछि दुर्गम गाउँसम्म नपुगेको उनको भनाइ थियो। उनले किसानको लगानीले कुलो बनाउन नसकिने भन्दै कुलो र नहर बनाउन बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

‘पहाडी क्षेत्र भए पनि हाम्रो ठाउँमा धान राम्रो उत्पादन हुन्छ, सिँचाइ र मल अभावका कारण समयमा रोपाँइ गर्न सकिएको छैन’, कृषक खत्रीले भने, ‘यसलाई सरोकारवाला निकायले अहिलेसम्म पनि समाधान गर्न सकेनन्, लामो समय खडेरी पर्‍यो भने हामीले धान लगाउँनै पाउँदैनौँ, खोलानाला प्रशस्त छन् तर कुलो नभएकाले खेतमा पानी ल्याउन सकिएको छैन।’

कृषक नीमप्रसाद पौडेलले सरकारले कृषिमा करोडौँ बजेट विनियोजन गरे पनि कृषकले आवश्यकता अनुसार सेवा लिन नपाएको गुनासो गरे। समयमै मल नपाउँदा मलबिना नै धान लगाउनु परेको भन्दै उहाँले मलिलो माटो नहुँदा धान उत्पादन घट्ने बताए।

पोडैलले मल, सिँचाइको अभावका साथै गाउँमा काम गर्ने मजदुरसमेत पाइन छोडेकाले खेतबारी बाँझै रहन थालेको बताए। ‘अहिले धान उत्पादन हुने जमिन घट्दै छ, पहिले गाउँभरिका अधिकांश खेतमा धान लगाइन्थ्यो, उत्पादन पनि राम्रो हुन्थ्यो, अहिले न समयमा मल आउँछ, न पानी पुर्‍याउन सकिन्छ’, उनले भने, ‘काम गर्नलाई मान्छे खोज्यो मान्छे पाइँदैनन्, गाउँ सुनसान हुन थाल्यो, गाउँमा भएका मान्छेले पनि गाईभैँसी पाल्न छाडिसके, कहाँबाट मल हुन्छ ? बजारबाट ल्याउने मल रोपाइँ सकिएपछि बल्ल आउँछ।’

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। खेती हुने जमिनमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।

केन्द्रका प्रमुख भानुभक्त भट्टराईले खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको जानकारी दिए। उनका अनुसार सिँचाइ सुविधा पुगेको जमिनमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ। गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नु परेको कृषकको गुनासो छ।

प्रमुख भट्टराईले हालसम्म जिल्लाभर २० प्रतिशत रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ।

जिल्लामा गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको प्रमुख भट्टराईले बताए। ‘केही दिनदेखि परेको अविरल वर्षाले यहाँका किसानलाई रोपाइँका लागि सहज बनाएको छ’, उनले भने, ‘सिँचाइको राम्रो व्यवस्था गर्न सके जिल्लामा रोपाइँ हुने क्षेत्रफल बढ्छ।’ रैथाने जातका धान लगाउँदै आएका किसानलाई ज्ञान केन्द्रले उन्नत जातका बीउ उपलब्ध गराउँदै आएको उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending