धनगढी । यतीबेला देशभर ‘लम्पी’ स्किन पशु चाैपायामा महामारीका रुपमा फैलिएकाे छ । देशका सबै भुभागमा याे महामारीका कारण पशु चाैपाय प्रभावित भएका छन् ।
राेपाइँकाे चटाराे भएकाे याे समयमा पशु चाैपायमा महामारी फैलिएपछि देशका विभिन्न भूभागमा राेपाइँ प्रभावित भएकाे छ । तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा लम्पी स्किन रोगको संक्रमण फैलिएसँगै रोपाइँ प्रभावित भएको छ ।
बर्खेबाली लगाउने समयमा गोरु धमाधम मर्न थालेपछि किसान चिन्तित छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार सुदुरपश्चिम प्रदेशमा असार १२ सम्म प्रदेशभर लम्पी स्किनबाट मरेका १० हजार ९३९ गाईगोरु र बाच्छाबाच्छीमात्रै १० हजार ५०१ छन् । तीमध्ये गोरुमात्रै ४ हजार ३५७ रहेका छन् ।
‘पहाडमा खेत जोत्ने गोरुले नै हो, गोरु संक्रमित भएर थला पर्दै मर्न थालेका प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा.नरेशप्रसाद जोशीले बताए । उनका अनुसार सुदूरपश्चिममा ७७ हजार गोरुमा संक्रमण भएको छ । खेती लगाउने सिजन भएकाले कसरी जोत्ने भन्ने गम्भीर समस्या उत्पन्न भएको छ । उनले समयमै खेतबारी जोत्न नपाएर बाझै रहने अवस्थाले पहाडी जिल्लामा हिउँदमा खाद्यसंकटको अवस्था आउन सक्ने देखिएको बताए ।
डा. जोशीका अनुसार पहाडमा जोत्ने विकल्प नहुँदा कतिपय ठाउमा संक्रमित गोरु पनि प्रयोग भइरहेको छ । यो पहाडका किसानको बाध्यता रहेकाे बताउँदै उनले खेतीपाती नगरेर बाझो छाड्नुभन्दा बिरामी गोरु प्रयोग गर्नु उनीहरूको बाध्यता रहेकाे बताए । उनका अनुसार लम्पी स्किनले थला परेपछि किसानहरू तराईबाट जोत्नका लागि गोरु पहाडतर्फ लगिरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: