काठमाडाैं । सडक डिभिजन कार्यालय जुम्लाले राष्ट्रिय राजमार्ग अतिक्रमण गरेर बनाइएको भौतिक संरचना हटाउन निर्देशन दिएको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको खुलालुदेखि नाग्मासम्म, नाग्मा-खलङ्गा र नाग्मा-गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको सीमामा बनाइएको भौतिक संरचना हटाउन सडक डिभिजनले निर्देशन दिएको हो ।
होटल व्यवसायी, मदिरा उत्पादनकर्ता एवं डिलरहरुले राजमार्गको सीमा क्षेत्रभित्र होर्डिङ्ग बोर्ड राख्नुको साथसाथै घरटहरा निर्माण गरेको डिभिजनले जनाएको छ । आज सूचना जारी गर्दै ती घरटहरालगायत अन्य संरचना र बोर्डहरु सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेकाले ३५ दिनभित्र हटाउन सडक डिभिजनले सम्बन्धित पक्षलाई निर्देशन गरेको हो ।
सूचनामा भनिएको छ,‘सडक सीमाभित्र बनेका स्थायी तथा अस्थायी घरटहरा, अन्य संरचनाहरु तथा होर्डिङ बोर्डहरु सडक सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त हुनाले त्यस्ता घरटहरालगायत मदिराजन्य होर्डिङ विज्ञापन बोर्डहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।’
सडक सीमाभित्र स्थायी तथा अस्थायी घरटहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानीसडक तथा सडक किनारको नालामा मिसाउन, यातायात सञ्चालन एवं सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ ले निषेध गरेकोबारे डिभिजनले सुसूचितसमेत गराएको छ ।
त्यस्तै, तोकिएको समयभित्र ती संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ (३) अनुसार हटाइने र सो हटाउन लाग्ने खर्च सम्बन्धित पक्षबाट उठाउने चेतावनी दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: