Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कार्यकक्षमै सुब्बालाई हातपात गर्ने वकिल प्रहरी नियन्त्रणमा

खबरडबली संवाददाता

ललितपुर । ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेका छन् । बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका हुन् । 

अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार ४ः३० बजेको समयमा अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका थिए । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि हातपात भएको हो ।

कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ । त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ । 

महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कुटपीटलगत्तै पीडित कर्मचारी प्रेमिका तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएकी छिन् । 

जाहेरीमा उल्लेख भएको घटना विवरण अनुसार ललितपुर जिल्ला अदालत कार्यालय भित्र पेसी लिने दिने फाँटमा काम गरिरहेको समयमा असार १३ गते अन्लाजी ४ः३० बजेको समयमा पेसी लिने फाँटमा अधिवक्ता लामिछानेले जबरजस्ती फाइल लिन खोजेपछि फाइल नदिँदा कर्मचारीमाथि हातपात भएको हो । पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादी समेत भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेस रहेका लामिछानेले तारेख लिने क्रममा मिसिल तानी आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा ‘मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेकोमा निजले ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपात गरेको उल्लेख छ । 

अधिवक्ता लामिछानेले मुक्का प्रहार गर्दा तामाङको मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको हुँदा मेडिकल जाँच समेत गराई निजलाई पक्राउ गरी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

मुक्का प्रहार लगत्तै अदालत परिसरबाट भाग्न लागेका लामिछानेलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । ललितपुर प्रहरीका अनुसार आरोपी लामिछाने प्रहरी नियन्त्रणमा छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

दुई दिनकाे वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडाैंं । शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक वि...

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: