Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

उन्नत जातको प्रयोग बढे सँगै संरक्षण हुनै छाड्यो रैथाने बाली

खबरडबली संवाददाता

रामपुर (पाल्पा) । हिजोआज बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन । 

छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन् । परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको पाल्पा रामपुरकी सीता देवकोटा बताउँछिन् । 

‘व्यावसायिकरूपमा कृषि गर्न पुरानो जातका बीउले उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन’, उनले भने, ‘धान, मकै, तरकारी खेती गर्दा नयाँ जात नै लगाउने गरिएको छ ।’ उनले एक दशकयता तरकारी, धान, मकै, गहुँबाली लगाउँदा उन्नत नै बीउ लगाउँछन् । स्थानीय जातको बीउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने देवकोटाले बताए। किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बीउ विजन खरिद गरेर लगाउने गरेका छन् । गाउँ–गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएपछि स्थानीय जात छाड्दै गएका हुन् । 

बाहिर बजारमा पुगेर बीउ खरिद गर्ने झन्झटले कतिपयले स्थानीय बीउ नै लगाउने गरे पनि पछिल्लो समय एग्रोभेटले नयाँ–नयाँ जातका बीउबिजन ल्याउन थालेपछि बीउ खरिद गर्न सजिलो भएको अगुवा कृषक दिलबहादुर थापा बताउँछन् । उनले जग्गा भाडामा करिब १० रोपनीमा तरकारी लगाउँदै आएका छन् । 

‘जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेलाई स्थानीय जातको बीउ लगाएर हुँदैन। स्थानीय जातमा धेरै रोग किराले सताउने गर्दछ ।  बजारमा आएका नयाँ जातका बीउ वेलावेलामा खरिद गरेर तरकारी खेती गरिरहेको छु, उत्पादन राम्रै दिइरहेको छ’, उनले भने । स्थानीय जात लगाउँदा मेहनत र लगानी अनुसारको उत्पादन लिन नसकिने, उन्नतले उत्पादन वृद्धि, गुणस्तरको बीउ भएपछि रोग किरा पनि कम लाग्ने गरेको थापाको अनुभव छ। कृषक थापाले हरेक वर्ष बिरुवा राख्नुअगावै कृषि प्राविधिकसँगको सल्लाह लिएर नयाँ जातका बीउ लगाउँदै आएका छन् ।
       
भण्डारण गरिएको गुणस्तरको बीउ पाएपछि कृषक यसतर्फ आकर्षित हुन थालेका हुन्। कृषकले बर्सेनी एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो। बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज, धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातमा धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्।

‘रैथाने बाली केही ठाउँमा बीउ जोगाउन छिटफुट मात्रामा लगाउने गरिए तापनि सबैले नयाँ, उन्नत जातका बीउ बर्सेनी प्रयोग गर्ने गरेको पाइन्छ’, उनी भन्छन्, ‘राम्रोसँग भण्डारण गरिएको गुणस्तरको बीउ पाइने हुँदा उत्पादन धेरै लिन पुरानो बाली छाडेर नयाँ जातका बालीमा कृषक आकर्षित छन्।’
       
अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू एस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जात चलनचल्तीमा छन्। पाल्पाको दोस्रो खाद्यान्न बालीका रूपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ। खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन्। खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ। 

कृषक उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमिनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन्। थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखे पनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ। छोटो समयमा धेरै उत्पादन लिने उद्देश्य राखेका कारण स्थानीय जातका परम्परागत बीउ लोप हुँदै गएको हो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending