Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त प्र्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना श्रेष्ठ, अशोककुमार चौधरी र अमृतलाल राजवंशीले बोलेका थिए , 
     
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले अहिलेसम्म सीमाभित्रै रहेर ऋण लिइएको र ऋणको बोझ घटाउन सरकारले प्रयत्न गरिरहेको बताए । उनले ऋण कति लिनेभन्दा पनि ऋणको कसरी प्रयोग गर्ने भन्ने विषयलाई सरकारले गम्भीरताका साथ लिएको पनि उल्लेख गरे । 

  
अर्थमन्त्री डा महतले दातृ निकाय बहुपक्षीय र त्रिपक्षीय ऋण कुन क्षेत्रमा कसरी प्रयोग हुन्छ भन्नेबारे यथेष्ट गृहकार्य गरेर मात्रै ऋण लिने सरकारको नीति रहेको स्मरण गराए । 

सहुलियतपूर्ण ब्याज सकेसम्म एक प्रतिशतभन्दा तलको ऋणलाई प्राथमिकता दिने गरेको उनले बताए । “सीमाभित्रै रहेर ऋण लिएका छौँ, ऋणले कति जनसङ्ख्यालाई फाइदा पुग्नसक्छ सोही नीतिअनुरूप ऋण लिने गरेका छौँ”, उनले भने । 
      
त्यसरी लिएको ऋण बढीभन्दा बढी पूर्वाधार विकास ९पर्यटन, ऊर्जालगायत क्षेत्र० मा लगानी गर्ने गरी प्राथमिकीकरण गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: