Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

एमाले र रास्वपाकाे विराेध पछि प्रतिनिधिसभाकाे बैठक स्थगित

खबरडबली संवाददाता

काठमाडौं ।  एमाले र रास्वपाकाे विराेध पछि प्रतिनिधिसभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।  सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हुबहु पारित गर्न खोजेको भन्दै विपक्षी दलहरू एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका हुन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राखिने विषय हटाउने विषय राखेर मात्र बजेट पारित गर्न माग गरेका थिए ।

उनीहरूले जिल्ला निर्वाचन कार्यालय नहटाइने विषयमा अर्थमन्त्री सहमत भएको बताउँदै त्यो विषयलाई विधेयकको अङ्ग बनाएर लैजानुपर्ने अन्यथा विनियोजन विधेयक हुबहु पास गरेर जान नसकिने प्रमुख सचेतक गिरीले बताए।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरू जिल्ला प्रशासन कार्यालय अन्तर्गत नराख्ने विषयमा यसअघि नै सबै दलबीच सहमति जुटिसकेको बताउँदै जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र राख्न अर्थमन्त्रीले नै रोष्टमबाट प्रतिबद्धता जनाइसकेको बताए।

उनले यो प्राविधिक विषय मात्र भएकोले विनियोजन विधेयकलाई पास गरेर जान आग्रह गरे। उनले प्राविधिक विषयलाई राजनीतिक विषय नबनाउन आग्रह गर्दै अहिले नै जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र रहने विषय पारित गर्न सकिने सुझाव दिए।

सभामुख देवराज घिमिरेले एमाले र रास्वपा सांसदले उठाएका विषय विनियोजन विधेयकमा समावेश गरेर अघि बढाउन १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending