Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

सोलुखुम्बुको पतालेमा १६५ रोपनीमा व्यवसायिक स्याउ खेती

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ पत्तालेमा १६५ रोपनीमा व्यवसायिक स्याउ खेती सुरु गरिएको छ । एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.लि.ले १ सय ६५ रोपनीमा स्याउ खेती सुरु गरेको हो ।

२०७८ सालबाटसुरु गरिएको स्याउ खेति यो वर्षबाट फल्न सुरु भएको कम्पनीले जनाएको छ । प्रा.लीले सुरुको वर्ष १८ हजार  यो वर्ष थप २ हजार  नयाँ विरुवा रोपेको छ । अहिले सम्म २० हजार स्याउका विरुवा रोपीएको र दुई वर्ष अगाडी रोपिएको विरुवा गत वर्ष देखि नै सामान्य फल्न सुरु गरेको  कम्पनीका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार कम्पनीको नाममा रहेको ३६ रोपनी जग्गा र १ सय २९ रोपनी भाडामा गरी जम्मा १ सय ६५ रोपनी जग्गामा स्याउको विरुवा लागाईएको छ । फुजी, गाला, किंस रोड, रेड डेलीसस जातका विरुवाहरु रोपिएका छन् । सबै विरुवाहरु इटलीबाट ल्याईएको हो । 

अहिले पतालेमा लगाइएका सबै विरुवाहरु हुर्किएर फल्न थालीसकेका छन् । स्याउको फुल खेल्ने तथा फल्ने समयमा असिनाको नोक्सानबाट जोगाउनको लागि हेलनेट (असिनाको आवरोध हटाउने जाली) को प्रयोग गरिएको छ । बैशाख र जेठ महिनामा अधिक्तम असिना पर्ने महिना भएकाले यि दुई महिनामा सबै स्याउका विरुवालाई हेलनेटले छोप्ने गरिएको केसीले बताए  । 

असिनाको मौसम हटेपछि जाली  हटाउने गरिएको छ । घाम र पानीमा पनि ५÷६ वर्ष भन्दा बढी खप्ने भएकाले टनेल माथी नै राख्ने गरेको बताएका छन् । हेलनेट नेपालमा नपाउने भएकाले भारत बाट खरिद गरी ल्याएको सदस्य राम बहादुर मगरले बताए । 

 स्याउ उत्पादनको लागी चिसो ठाउँ उयुक्त हुने भएकाले २ हजार मिटर भन्दा माथीको उचाईमा रहेको भुगोललाई राम्रो मानिन्छ । वार्षिक सालाखाला १०० घण्टा भन्दा बढी चिलिङ्ग चिस्यान भएको जमिन स्याउका लागी उपयुक्त हुने कृषी ज्ञानकेन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टिका बाँनियाले बताए । 

सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ मा पर्ने उक्त स्थान  समुन्द्री सतह देखि २ हजार ८ सय मिटर उचाईमा रहेको छ  । गत वर्ष ४ सय के।जी। भन्दा बढी बिक्री वितरण गरिएको र उपभोक्ताबाट राम्रो रेसपोन्स आएकाले यो वर्ष धेरै भन्दा धेरै उत्पादन र बिक्री हुनेमा ढुक्क रहेको अध्यक्ष केसीले बताए । 

कलर आएका स्याउलाई १ नम्बर, २ नम्बर गरी छुट्याउने र बजार  पठाउने, बाँकी रहेका तेश्रो, चौथो नम्बरको स्याउको प्रयोग गरेर एप्पल वाइन, एप्पल साइडर, र जुस बनाउने योजना रहेको केसीको भनाइ छ । स्याउको जुस र वाइन बनाउनको लागी ५४ रोपनी जग्गा खरिद गरी घडेरी बनाईसकिएको र अब तत्काल भवन बनाउने योजना भएको पनि सन्चालक समितिले बताएको छ ।

५ करोड भन्दा बढी लगानीमा शुरु गरिएको उक्त स्याउ फर्ममा सनराईज बैँकबाट २ करोड सहुलियत ब्याजको रिण, कृषी आधुनिकिरण कार्यक्रमबाट ९८ लाख अनुदान र बाँकी सन्चालक समिति सदस्यबाट शेयरको रुपमा लगानी गरिएको कम्पनीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending