Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सोलुखुम्बुको पतालेमा १६५ रोपनीमा व्यवसायिक स्याउ खेती

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ पत्तालेमा १६५ रोपनीमा व्यवसायिक स्याउ खेती सुरु गरिएको छ । एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.लि.ले १ सय ६५ रोपनीमा स्याउ खेती सुरु गरेको हो ।

२०७८ सालबाटसुरु गरिएको स्याउ खेति यो वर्षबाट फल्न सुरु भएको कम्पनीले जनाएको छ । प्रा.लीले सुरुको वर्ष १८ हजार  यो वर्ष थप २ हजार  नयाँ विरुवा रोपेको छ । अहिले सम्म २० हजार स्याउका विरुवा रोपीएको र दुई वर्ष अगाडी रोपिएको विरुवा गत वर्ष देखि नै सामान्य फल्न सुरु गरेको  कम्पनीका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार कम्पनीको नाममा रहेको ३६ रोपनी जग्गा र १ सय २९ रोपनी भाडामा गरी जम्मा १ सय ६५ रोपनी जग्गामा स्याउको विरुवा लागाईएको छ । फुजी, गाला, किंस रोड, रेड डेलीसस जातका विरुवाहरु रोपिएका छन् । सबै विरुवाहरु इटलीबाट ल्याईएको हो । 

अहिले पतालेमा लगाइएका सबै विरुवाहरु हुर्किएर फल्न थालीसकेका छन् । स्याउको फुल खेल्ने तथा फल्ने समयमा असिनाको नोक्सानबाट जोगाउनको लागि हेलनेट (असिनाको आवरोध हटाउने जाली) को प्रयोग गरिएको छ । बैशाख र जेठ महिनामा अधिक्तम असिना पर्ने महिना भएकाले यि दुई महिनामा सबै स्याउका विरुवालाई हेलनेटले छोप्ने गरिएको केसीले बताए  । 

असिनाको मौसम हटेपछि जाली  हटाउने गरिएको छ । घाम र पानीमा पनि ५÷६ वर्ष भन्दा बढी खप्ने भएकाले टनेल माथी नै राख्ने गरेको बताएका छन् । हेलनेट नेपालमा नपाउने भएकाले भारत बाट खरिद गरी ल्याएको सदस्य राम बहादुर मगरले बताए । 

 स्याउ उत्पादनको लागी चिसो ठाउँ उयुक्त हुने भएकाले २ हजार मिटर भन्दा माथीको उचाईमा रहेको भुगोललाई राम्रो मानिन्छ । वार्षिक सालाखाला १०० घण्टा भन्दा बढी चिलिङ्ग चिस्यान भएको जमिन स्याउका लागी उपयुक्त हुने कृषी ज्ञानकेन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टिका बाँनियाले बताए । 

सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ मा पर्ने उक्त स्थान  समुन्द्री सतह देखि २ हजार ८ सय मिटर उचाईमा रहेको छ  । गत वर्ष ४ सय के।जी। भन्दा बढी बिक्री वितरण गरिएको र उपभोक्ताबाट राम्रो रेसपोन्स आएकाले यो वर्ष धेरै भन्दा धेरै उत्पादन र बिक्री हुनेमा ढुक्क रहेको अध्यक्ष केसीले बताए । 

कलर आएका स्याउलाई १ नम्बर, २ नम्बर गरी छुट्याउने र बजार  पठाउने, बाँकी रहेका तेश्रो, चौथो नम्बरको स्याउको प्रयोग गरेर एप्पल वाइन, एप्पल साइडर, र जुस बनाउने योजना रहेको केसीको भनाइ छ । स्याउको जुस र वाइन बनाउनको लागी ५४ रोपनी जग्गा खरिद गरी घडेरी बनाईसकिएको र अब तत्काल भवन बनाउने योजना भएको पनि सन्चालक समितिले बताएको छ ।

५ करोड भन्दा बढी लगानीमा शुरु गरिएको उक्त स्याउ फर्ममा सनराईज बैँकबाट २ करोड सहुलियत ब्याजको रिण, कृषी आधुनिकिरण कार्यक्रमबाट ९८ लाख अनुदान र बाँकी सन्चालक समिति सदस्यबाट शेयरको रुपमा लगानी गरिएको कम्पनीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending