Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

गाउँपालिका उपाध्यक्षलाई बजेट भाषण पढेको भत्ता ५० हजार !

खबरडबली संवाददाता

सिमकोट । हुम्लाको एक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम वाचन गरेबापत ५० हजार दिने भएको पाइएको छ । कार्यतालिकाको बैठकले तयार गरेको आर्थिक ऐन २०८० लाई गाउँसभाले पारित गरेर उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उक्त व्यवस्था गाउँपालिकाले स्वीकार गरेको भन्दै असार १० गते सम्पन्न गाउँसभाले आर्थिक ऐन पारित गरेसँगै त्यो व्यवस्था कार्यान्वयनमा आएको बताए।

उपाध्यक्ष भरत सिंहले बजेट भाषण वाचन गरेबापत आफूले पारिश्रमिक पाउनुपर्ने माग यसअघि गरेको र सो मागलाई कार्यपालिकाको बैठकबाट निर्णय गराई तेह्राैँ गाउँसभाबाट ऐन पारित गरेर पारिश्रमिक दिने व्यवस्था गरिएको हो।

नियमतः गाउँसभामा बजेट भाषण उपाध्यक्षले पढ्ने व्यवस्था छ। अध्यक्ष रावलले आफूले सो सम्बन्धमा गाउँपालिका महासंघसँग समन्वय गरेकोमा महासंघले पनि आर्थिक ऐनमा बजेट भाषण पढेबापत पारिश्रमिक दिने व्यवस्था राखेर दिन सकिने सुझाव दिएका कारण यो व्यवस्था गरिएको बताए।

उनले भाषण पढेबापत उपाध्यक्षले पाउने पारिश्रमिक अन्य कुनै शीर्षकको बजेटबाट नदिएर गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यहोरिनेछ। खार्पुनाथ गाउँपालिकाको आन्तरिक आयश्रोत निकै न्यून छ। यस्तो अवस्थामा भाषण पढेको पारिश्रमिक दिन गाउँपालिकालाई आर्थिक बोझ थपिनेछ। जिल्लाका अन्य गाउँपालिकाले यो व्यवस्था नगरेको अवस्थामा खार्पुनाथले भने यस पटकबाट सुरु गरेको हो।

यसैबीच, जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending