काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ललिता निवास प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा साना माछा समाएर ठूला माछालाई उन्मुक्ति नदिन सरकारको ध्यानाकार्षण गराएका हुन् ।
‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला चार अना, आठ आना, सोह्र आना र बत्तिस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । भुरालाई जालमा हाल्ने र ठूलालाई छोड्ने काम नगरोस्,’– उनले भने ।
उनले पशुपतिनाथको जलहरी प्रकरणमा दुईथरीको मुचुल्का तयार भएको र मुचुल्कामा एकथरी तौल र अहिले तयार पारिएको मुचुल्कामा अर्को तौल रहेको उनको आरोप छ । उक्त प्रकरणमा सत्यतथ्य छानविनका लागिसमेत उनले माग गरेका छन् । जलहरी प्रकरणमा १३ जनाको नाम लेखिएको स्वर्ण पत्र फेला परेको स्मरण गर्दै उनले केही ड्राईभर, कार्यालय सहयोगी, पिएसओहरु, मन्त्री, प्रधानमन्त्रीका पिएहरुको नाम छुटेकाले उनीहरुको नाम लेखाउने व्यवस्था गर्न उनले आग्रह गरे ।
‘जलहरी प्रकरणमा दु्ई वटा मुचुल्का तयार पारेको देखियो । १३ जनाको नाम स्वर्ण अक्षरमा लेखिएको सुचना प्राप्त भयो । केही ड्राईभर, कार्यालय सहयोगी, पिएसओहरु, मन्त्री, प्रधानमन्त्रीका पिएहरु छुटेको कुरा आएको छ । सबैको नाम लेख्ने व्यवस्था मिलाइयोस् । स्वर्ण अक्षरमा नाम लेख्ने परम्पराको विकास होस्,’– उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: