Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

सहयोगको पर्खाइमा बहिरा क्याम्पस

खबरडबली संवाददाता

काठमाडौं ।  साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि उचित वातावरण र परिवारको सहयोग उत्तिकै आवश्यक हुन्छ ।  

कठिनाइलाई झेलेर अपाङ्गता भएका कतिपय विद्यार्थी आफ्नो शिक्षाको सपना पूरा गर्न तम्सिरहेका छन् । पाठ्यक्रम र परीक्षा प्रणाली अन्य विद्यार्थीका लागि जे छ, अपाङ्गता भएका विद्यार्थीका लागि पनि एउटै हुँदा अपाङ्गता भएका विद्यार्थी प्रतिस्पर्धामा पछाडि देखिन सक्छन् तर उनीहरूको मेहनत, इमान्दारिता र श्रमप्रतिको समर्पण अनुकरणीय पाइन्छ । उनीहरूको क्षमतालाई मूल्याङ्कन गर्दै उचित प्रोत्साहनसहितको शिक्षा दिएर काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसले नेपालभरका बहिरा छात्रछात्राहरूको भावनालाई जोड्दै आएको छ । नेपालको पछिल्लो जनगणनाको दुई दशमलव २५ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट २०७० साउन १६ गते निःशुल्क सम्बन्धन प्राप्त मुनाफारहित सो सामुदायिक क्याम्पसले सोही वर्षदेखि बहिरामैत्री वातावरणमा अध्यापनको व्यवस्था मिलाई उनीहरूलाई विभिन्न क्षेत्रमा रोजगारीका लागि सक्षम शैक्षिक जनशक्तिका रूपमा उत्पादन गर्दै आएको छ । यसले २०६९ सालदेखि २०७२ सालसम्म बिएड तीन वर्षे र २०७३ सालदेखि चार वर्षे बिएड कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँ जनसङ्ख्या शिक्षालाई मुख्य र नेपालीलाई सहायकको रूपमा पढाइन्छ । अन्य सङ्काय तथा विषयको आवश्यकता महसुस भए पनि आर्थिक व्यवस्थापनको कठिनाइका कारण सञ्चालन हुन सकेको छैन । क्याम्पसमा स्थापनादेखि हालसम्मको यात्रामा जम्मा तीन सय ५९ विद्यार्थी भर्ना भएकामा ४१ विद्यार्थी उत्तीर्ण भएका छन् भने हाल यहाँ आठ जना शिक्षक रहेका छन् । 

क्याम्पस सञ्चालक समितिमा यसअघि सीताराम मास्के र प्रा.डा. प्रभाकुमारी हमालले नेतृत्व गरिसक्नुभएको छ भने नारायणभक्त श्रेष्ठ (रायन) अध्यक्ष रहनुभएको छ । समितिमा त्रिविका प्रतिनिधि, कामनपा–१ का वडाध्यक्ष, राष्ट्रिय बहिरा महासङ्घ, नेपालका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ । 

सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति (बहिरा) हरुका लागि यो नेपालकै एकमात्र क्याम्पस हो । पूर्णरुपमा निःशुल्क शिक्षा प्रदान गर्ने यस क्याम्पसमा साङ्केतिक भाषा र बहिरा संस्कृति अनुरूप अध्यापन गरिन्छ । विद्यार्थीलाई दिउँसो रोजगारीमा संलग्न हुन सजिलोका लागि सन्ध्याकालीन कक्षाहरूको प्रबन्ध गरिएको क्याम्पसका प्रमुख ऋषिराम देवकोटाले बताए । 

हाल केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालको भवन भाडा लिएर सञ्चालित यो क्याम्पसले आफ्नै जग्गा र भवनमा आवासीय सुविधासहितको प्राविधिक विषयहरूको समेत अध्यापन गराउँदै क्याम्पसलाई बहिरा विश्वविद्यालयका रूपमा विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा विकास गराउने लक्ष्य लिएको बताइएको छ । बहिराहरूको अनुकूलतामा हुने गरी पाठ्यक्रम निर्माण वा सुधार गरी सहज शिक्षण सिकाइ वातावरण बनाउन शिक्षणका सिद्धान्त, विधि, मूल्याङ्कन र शिक्षण सामग्रीको खोज अनुसन्धान गर्ने पनि यसले सोच रहेको छ । क्याम्पस प्रमुख देवकोटाले नेपाली साङ्केतिक भाषाको विकास र आधुनिकीकरण गर्न अन्तर्राष्ट्रिय साङ्केतिक भाषासम्म पहुँच प्रदान गर्न परियोजना तयार गर्न सहकार्य गर्ने योजना रहेको बताए । 

क्याम्पसको एक मात्र आयस्रोतका रूपमा विश्वविद्यालय अनुदान आयोगको वार्षिक सहयोग करिब रु १५ लाख रहेको छ । शिक्षक–कर्मचारीलाई न्यनतम् पारिश्रमिक दिँदा पनि खर्च त्यो भन्दा बढी हुने गरेकाले धान्न धौधौ परेको छ । यहाँका विद्यार्थीका लागि विश्वविद्यालयले रजिष्ट्रेशन तथा सबै प्रकारका परीक्षा शुल्क मिनाहा गरेकाले विद्यार्थी र अभिभावकलाई राहत भने मिलेको छ । 

क्याम्पस स्थापनाकालमा तदर्थ समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीबाट स्वैच्छिक चन्दा सहयोग लिइएको थियो भने तत्कालीन त्रिवेणी विकास बैङ्क र पछि जनता विकास बैङ्कबाट चार वर्षसम्म निरन्तर आर्थिक तथा भौतिक सहयोग उपलब्ध भएको थियो । सञ्चालक समितिका सदस्य मेघनाथ न्यौपानेद्वारा स्टेशनरी र शैक्षिक सामग्रीहरू उपलब्ध भएको थियो । विद्यार्थी आवागमनका लागि क्याम्पसलाई बस र व्यवस्थित पुस्तकालयको अभाव देखिएको छ । 

क्याम्पसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सहयोगको अपेक्षा गरे पनि विश्वविद्यालय अनुदान आयोगमार्फत अनुदान दिलाउने बाहेक अरू सहयोग प्राप्त नभएको प्रमुख देवकोटाको भनाइ छ । आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी यस्ता क्याम्पसलाई नियमित सञ्चालनका लागि वार्षिक १५ लाख बराबर सहयोग निरन्तर जारी रहने तर अन्य पूर्वाधार विकासमा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । आयोगले यहाँका विद्यार्थीहरूलाई वार्षिक रु १२ हजारका दरले छात्रवृत्ति पनि दिँदै आएको छ ।

प्रमुख देवकोटा भने आफूहरूले सहयोगका लागि धेरै निकाय र संस्थाहरूलाई माग्ने नगरेको जनाउँदै भन्छन्, “हामी नेपाल सरकारलाई नै आफ्नो अभिभावक बनाउन चाहन्छौँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गुहार्न गएका छैनौँ ।”

क्याम्पसका शिक्षक सीता घिमिरे साङ्केतिक भाषामा पाँच हजारभन्दा बढी शब्द नभएकाले पढाउँदा सञ्चार गर्न तालिम लिएका शिक्षकलाई पनि सहज नहुने बताउँछन् । क्याम्पसमा बिएड पहिलो वर्षमा अध्ययनरत पुनम खड्काले परीक्षामा अन्य विद्यार्थीका लागि सरह प्रश्नहरू आउने हुँदा आफूहरूले सबै प्रश्नको हल गर्न जानेर पनि नभ्याउने बताउँछन् । उनले आफूहरूलाई शिक्षण अध्यापन अनुमतिपत्र पाउन पनि कठिन हुने गरेको जनाए ।

बहिरा समुदाय साङ्केतिक भाषामा सञ्चार गर्ने भाषिक अल्पसङ्ख्यक समुदाय हुन् ।  उनीहरू सञ्चारमा पहुँचका लागि स्थानीय भाषा र संस्कृतिका आधारमा विकसित भएका सङ्केतहरूको दृश्य सञ्चारमा पूर्णरुपमा निर्भर हुन्छन् । नेपालले बाल अधिकार महासम्धी सन् १९८९ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासम्धी सन् २००६ लाई अनुमोदन गरिसकेकाले ऐन, कानुन र नीतिहरूमा ती समुदायका लागि आवश्यक प्रबन्धहरू गरिएका छन् तर तिनको सही कार्यान्वयन हुन सकेको छैन । 

नेपालमा बहिरा विद्यार्थीका लागि कक्षा १२ सम्म पढाइ हुने विद्यालय पनि जम्मा छ वटा मात्रै छन् । नक्सालको बाहिर माध्यमिक विद्यालयका साथै सिन्धुली, कास्की, वाग्लुङ, मोरङ र झापामा यस्ता विद्यालय सञ्चालित छन् । नेपाली साङ्केतिक भाषाको सबै फरक भागहरू एकीकृत गरी नेपाली साङ्केतिक भाषा शब्दकोश सन् २००३ मा प्रकाशित भएको थियो भने बेलायती राजदूतावासको समर्थनमा भाग १, २ र ३ एकीकृत गरी नेपाली साङ्केतिक भाषा शब्दकोश प्रकाशित छ । बहिरा बालबालिकाहरू औपचारिक रूपमा सन् २००६ देखि एसएलसी परीक्षामा सामेल भएका थिए । सिर्जना बहिरा स्कुल, पोखराले माध्यमिक विद्यालय चलाउन स्वीकृति सोही वर्ष पाएको थियो । 

अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ मा  अपाङ्गता भएका बालबालिकालाई शैक्षिक मूल प्रवाहमा समावेश गरी शिक्षाको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । शिक्षा नियमावली, २०५९ मा शिक्षामन्त्रीको अध्यक्षतामा विशेष शिक्षा परिषद्को व्यवस्था गरिएको छ भने विशेष शिक्षा नीति २०५३ ले दृष्टिविहीन, बहिरा, बौद्धिक अपाङ्गता र शारीरिक अपाङ्गता भएका बालबालिकालाई आवास सुविधासहितको शिक्षाको अवसर दिने उल्लेख गरिएको छ । 

राष्ट्रिय बहिरा महासङ्घ नेपालले ‘एक जिल्ला: एक बहिरा विद्यालय’को माग उठाउँदै विशेष शिक्षा परिषद्को व्यवस्था गरिएको छ भने विशेष शिक्षा नीति २०५३ ले दृष्टिविहीन, बहिरा, बौद्धिक अपाङ्गता र शारीरिक अपाङ्गता भएका बालबालिकालाई आवास सुविधासहितको शिक्षाको अवसर दिने उल्लेख गरिएको छ । 

राष्ट्रिय बहिरा महासङ्घ नेपालले ‘एक जिल्ला : एक बहिरा विद्यालय’को माग उठाउँदै आएको छ ।  महासंघले बहिरा व्यक्तिको पहिलो भाषाको रूपमा नेपाली साङ्केतिक भाषाको मान्यता, विकास र प्रसारका साथै पैरवी पनि गर्दै आएको छ ।

यसले बहिराहरूको क्षमता अभिवृद्धि, नेतृत्व तथा जागरूकता, बहिरालाई दोभाषे सेवा, अधिकार, सामाजिक समानता र भेदभावमुक्त बहिरा समुदायका लागि पैरवीका कार्यहरु गर्दै आएको छ  तर पनि अझै बहिरा व्यक्तिहरूसँग सञ्चार, शिक्षा, स्वास्थ्य, सीप प्रशिक्षण, र रोजगारीमा सहज पहुँच हुन सकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending