Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा

खबरडबली संवाददाता

काठमाडौं । राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी रूपमा काम गर्न सकी नरहेको अवस्थामा नेतृत्व परविरर्तन गर।ीएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको हो ।

राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा राजस्व छली जस्तो संवेदनशील विषयमा मुद्दा दायर हुने क्रम अवरुद्धजस्तै बनेको छ । अस्थिरता र राजनीतिक हस्तक्षेपको शिकार बन्दै आइरहेको विभागले पछिल्ला दिनमा राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तदारुकता दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलवार राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा रहेका सहसचिव नवराज ढुंगानालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । सापकोटा पाँच महिनाअघि मात्रै विभागको महानिर्देशकको रूपमा गएका थिए । विभागमा ढेड वर्षको अवधिमा ७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । जसका कारण विभागले राजस्व छली सम्बन्धमा महत्वपूर्ण अनुसन्धान गरी मुद्दा दायर गर्ने काम पूर्ण रूपमा प्रभावित हँुदै आएको छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका ढुंगाना यसअघि भन्सार विभागमा रहँदा विवादित बनेका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नै निजी सचिवलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाउनुलाई शंकास्पद रूपमा हेरिएको छ । ढुंगानाले प्रधानमन्त्री प्रचण्ड सँगै रहेर ६ महिना बढी काम गरिसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागमा ढेड वर्षमा ७ जना महानिर्देशक फेरबदल भएका छन् । शुरूमा दीर्घराज मैनाली रहदा विभागमा राजश्व छली सम्बन्धमा मुद्दा दर्ता गर्ने क्रम अत्यधिक थियो । मैनालीपछि रामप्रसाद आचार्य महानिर्देशक भएर आएका थिए । आचार्य पनि छोटो समय मात्रै महानिर्देशकको रूपमा आए । आचार्य पछि महानिर्देशकको रूपमा प्रकाश पौडेल आएका थिए ।

पौडेल पनि ७–८ महिना मात्रै महानिर्देशकको रूपमा रहे । आचार्य र पौडेलले मुद्दा दायर गर्ने क्रमलाई केहि निरन्तरता दिए पनि त्यस पछि भने राजस्व छलीविरुद्ध मुद्दा दायर गर्ने क्रम ह्वात्तै घटेको छ । पौडेल पछि आएका झलकराम अधिकारी पनि लामो समय टिक्न सकेनन् । अधिकारी ४ महिना मात्रै विभागको महानिर्देशकको रूपमा रहे । उनलाई हटाएर ल्याइएका मदन दाहाल पनि ३ महिनादेखि टिक्न सकेनन् ।

राजनीतिक हस्तक्षेपको शिकार हुँदै आइरहेको राजस्व अनुसन्धान विभागमा दाहाल पछि नारायण सापकोटालाई महानिर्देशक बनाएर ल्याइएको थियो । सापकोटा पनि मुस्किलले पाँच महिना मात्रै महानिर्देशकको रूपमा रहे । अहिले उनलाई पाँच महिना नै हटाएर ढुंगानालाई महानिर्देशक बनाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक उपसचिवका अनुसार राजस्व अनुसन्धान विभागलाई यसरी अस्थिर बनाउदा राजस्व छली गर्नेहरूको मनोबल उच्च हुने क्रम बढेको छ । राजस्व छली गर्नेलाई कारबाही गर्ने निकायमा नेतृत्व छिटो छिटो परिवर्तन हुँदा विभागले राम्ररी काम गर्न सक्दैन । जसले गर्दा राजस्व छली गर्नेलाई सहज हुने गरेको प्रधानमन्त्री कार्यालयका ती उपसचिवको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending