धनकुटा । धनकुटाकाे मुगा घमाइलो र समथर भू-भाग रहेको पर्यटकीय स्थान हाे । तत्कालीन समयमा मुगा गाविस रहेकाे याे गाउँ अहिले पाख्रीबास नगरपालिकाकाे वडा नं.७ र ८ मा रहेकाे छ ।
पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाकाे जन्म भुमी समेत रहेकेा मुगाकाे समथर भुभाग, त्यहाँ बनाइएका दरबार शैलीका घर अनि धनकुटाकाे शैिक्षा इितहास बाेकेकेा राम मावि र गाउँमा रहेका बिभिन्न धार्मीक स्थानहरू यहाँका पर्यटकीय स्थानका रूपमा रहेका छन् ।
विकासका दृष्टिकाेणले तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापा देखी सुनीलबहादुर थापा र हाल सांसद रहेका राजेन्द्र कुमार राइकाे जन्म भुमीका रूपमा रहेकाे मुगा पछाडी नै परेकेा छ ।तर,मुगाकाे समथर भुभाग र यहाँ रहेका ऐतिहासिक घरहरू देख्दा मुगाले जाे काेहीकाे पनि ध्यान केन्द्रित बनाउँछ । मुगामा रहेका थापा परिवारका दजर्नाै घरहरू दरबार शैलीमा निर्माण भएका छन् । तर, यी घरहरूकाे सम्रक्षण नहुँदा खण्डहर बन्दै गएका छन् । ऐतिहासिक महत्त्व बोकेका मुगाका पुराना घरहरू संरक्षण गर्न सके यहाँ अान्तरीक तथा बाह्य पर्यटक भित्राउन सकिने स्थानीयहरू बताएँछन्र ।
राणाकालिन समयमा दरबार शैलीमा बनाइएका ऐतिहासिक घरका घरधनीहरूयतिबेला काेही विराटनगर, इटहरी या धरान त काेही काठमाडाैंमा रहेका छन् । उनीहरूकाे बेवास्ताकाकारण नै ति घरहरू भत्किन लागेकेा हुन् ।
राणाकालीन समयमा बनाइएका झण्डै ३५ वटा घरहरूमध्ये अब आधा दर्जन घर पनि बस्न लायकका छैनन् । यी घरहरूमा पनि मुगामा अहिले थापा परिवारका कोही बस्दैनन् । उनीहरू नबसेपछि केही घरहरूमा रुङ्गालु राखिएका छन् । कुनै बेला घमाइलो र समथर भू-भाग रहेको मुगाको नाम सुने मात्रैपनि जो कोही मोहित हुन्थे । मुगामा बनेका दरबार शैलीका घरले झनै सबैको मन लोभ्याउँथ्यो । तर, अहिले मुगाकाे इतिहास इितहासमै सिमीत हुन पुगेकेा छ ।
स्थानीय धनकुमारी भुजेल १७ वर्ष अगाडीदेखि मुगामा रहेकाे अर्जुन थापाको घर रुगेर बसेकी छन् । उनले थापाकाे घर रूगेर बसे बापत थापाकाे खेतबारीमा उब्जेकाे अन्नबाली धनीलाइ दिन नपर्ने बताउँछिन्र । थापाले पनि गाउँमा आएको समयमा घर बनाउँछु भन्ने गरे पनि सहर गएपछि घर बनाउने कुरा बिर्सने गरेकेा उनले बताइन् ।
हालको पाख्रिबास नगरपालिका वडा नं. ८ मा रहेको पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको ५२ ढोके घर द्धन्द्धकालमा तत्कालीन माओवादीले भत्काएका थिए । त्यसयता उक्त घर न स्व. सूर्यबहादुर थापाले सो घरलाई बनाए न उनका छोरा पुर्वमन्त्री सुनीलबहादुर थापाले नै बनाए ।
अहिले मुगाका सबै घर भत्किसेका छन् । संरक्षण गर्ने हो भने पनि धेरै छैनन् तर बाँकी रहेका थापा परिवार लगायतका घरहरूलाई संरक्षण गर्नसके पर्यटकीय सम्भावना देखिएको मुगामा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आउनुभएका अजितनारायणसिंह थापाले बताए ।
पछिल्लो समयमा पर्यटकहरूले पुराना र ऐतिहासिक महत्त्व बोकेका घरहरू मन पराउन थालेका छन् । मुगामा यतिबेला आठदेखि १० वटा मात्र घरहरू बाँकी रहेकाले यी घरहरू संरक्षण गर्नसके मुगामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने मुगाका स्थानीयहरू बताउँछन् ।
ऐतिहासिक महत्त्व बोकेका मुगामा बाँकी रहेका ठुला र दरबार शैलीका घरहरूलाई संरक्षण गर्नसके ती घरहरू पर्यटकहरूको रोजाइमा पर्न सक्छन् । त्यसका लागि घरवालाले मात्रै होइन, स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...
चैत्र ६ गते, २०८२ - २०:३७
काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...
चैत्र ६ गते, २०८२ - २०:३१
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...
चैत्र ६ गते, २०८२ - २०:२४
सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...


प्रतिकृया लेख्नुहोस्: