Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको  हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहको छ । नेपालसगँको सीमा क्षेत्रका भारतीय  किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ ।
 
भारतीय किसानले  वारा,  पर्सा र  रौतहटका किसानमार्फत  राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले  जनाए । प्राप्त जानकारी अनुसार १० लाख भन्दाबढी माछाका भुरा भारतमा जाने गरेको  छ । त्यस्तै माछासमेत खरिदगरी भारतमा लैजाने गरेको बताइएको छ । कार्यालयवाट प्राप्त जानकारी अनुसार  चालु आर्थिक वर्षको असार १०  गतेसम्म चार करोड ३५ लाख भन्दाबढी माछाका भुरा उत्पादन गरी बिक्री वितरण गरिएको छ । 

केन्द्र प्रमख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको छ । विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाको भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यसवर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ ।

केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाई, मर्मत र  निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिए । यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा बिक्री गर्दै आइएको छ ।  हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोई कार्प माछा  प्रजनन तथा बिक्री वितरणको क्रममा रहेको छ । 

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने  सरकारीस्तरबाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्पसहित  सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म वार्षिक रु पाँच लाख भन्दाबढी माछा र भुरा बिक्रीबाट  कार्यालयको राजस्व बढ्दै गएको छ । चालु आर्थिक वर्षमा उक्त केन्द्रले रु ३१ लाख भन्दाबढीको माछा र भुरा वितरण गरेको छ । साथै   हेटौँडा र चितवनसहित २२ जिल्लामा पनि माछाका भुरा बिक्री हुने गरेको छ । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकारीले बताए ।   
मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना र लिभफिश म्युजियम स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको प्रमुख यादवले जानकारी दिए ।

“आर्थिक वर्ष २०७५(७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी , श्यार्फुताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ । यसबाट ४५ प्रजातिका माछाका नमुना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ ।

ग्रासकार्प माछाको आहारको रूपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस  जस्तै नेपियर वर्षीम, केरा ,सुडान, जै घाँसबाट माछाको  आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन भइरहको छ । जलीय विविधता एवम् प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसगँ सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोला नालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिगङ बोर्ड, गोष्ठी, सभालगायत कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।

काठमाडौँ तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले  २०२४ सालमा स्थापित सो केन्द्रको समय सापेक्ष काम र नाममा परिर्वतन  हुँदै आएको छ । उक्त केन्द्रअन्र्तगत ४७ दशमलव नौ हेक्टर जमिनमा  माछा पोखरी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: