Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

धादिङ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् ।  उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक(पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । 

उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।”

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए । 

उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए । 

उनले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गरे । “अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हुने चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अनुसन्धान र खोजलाई केन्द्रित गर्ने गरी नयाँ विश्वविद्यालय स्थापनाका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरे । 

प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले धादिङ जिल्लाको शैक्षिक प्रगतिका लागि यो संरचनाले महत्वपूर्ण योगदान गर्ने बताए । धादिङबाट निर्वाचित  प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले सामुदायिक क्याम्पसका लागि सरकारको अनुदान कम भएकाले सञ्चालनका लागि समस्या भएको बताए । सो भवन भारत सरकारको अनुदान सहयोगमा निर्माणमा भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending