Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

तथ्यहीन सूचनाको भर पर्दा सयौं यात्रु र सवारी साधन अलपत्र

खबरडबली संवाददाता

पाँचथर । बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको मेची राजमार्गस्थित रहेको हेँवा खोलाघाटमा डाइभर्सनको काम सकिएको सूचना पाएपछि संयौं सवारी साधन त्यसतर्फ लम्किए । सामाजिक सञ्जालमा आएको सो सूचनाका भरमा सवारी साधन  तेता तिर लम्कीएका थिए । 

तथ्यहीन सूचनाको भर पर्दा अहिले सयौं यात्रु र सवारी साधन अलपत्र  परेका छन् । हेँवा खोलामा डाइभर्सन गर्ने काम सुरु भएलगत्तै आइतवार साँझदेखि यातायात सुचारु हुने भन्दै यहाँका राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिले सो सूचना पोष्ट गरेका थिए । ताप्लेजुङ र हेँवाखोला पारीको पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका नागरिक फिदिम र इलाम हुँदै झापाका लागि हिडेका भए पनि अहिले अलपत्र अवस्थामा रहेका छन् ।

‘बाटो खुल्नै लाग्यो, आइतवार बेलुका नै खुल्छ’ भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि सवारी साधन त्यतातिर लागेका थिए । सवारी साधन हेवा दोभान आइपुगेको ७ घण्टा बित्दासम्म खुलेको छैन । तथ्यहिन सूचनाको भरपर्दा संयौं सवारी साधन र यात्रुले दुःख पाएकाे ताप्लेजुङ साबलाखुका नेत्र लिम्बूले बताए ।

हेवा खोलाकिनारका भारपाखण्डमै भेटिएका मानबहादुर माबोले पनि फेसबुकको सूचनालाई बिश्वास गरेर हिड्दा भोकप्यासै खोला किनारमा ८ घण्टा बिताउनु परेको गुनासो गरे  । राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिले श्रेय लिनका लागि काम भइरहेको स्थानमा पुगेर सेल्फी खिच्दै हतारमा सूचना सम्प्रेषण गर्नेगरेकाले ती सूचनालाई आधिकारिक मानेर हिड्दा नागरिकले दुःख पाएको उनले बताए ।

सडक डिभिजन कार्यालय इलामले बाढीले पुल बगाएको हेवा खोलामा आइतवार विहानदेखि ह्युमपाइप राखेर डाइभर्सन गर्ने प्रयास थालिएको छ ।  कम्तिमा १० वटा ह्युमपाइप आवश्यक पर्ने सो स्थानमा ६ वटा मात्रै उपलव्ध भएपछि ढुङगा हालेर बाटो खोल्ने प्रयास भइरहेको छ ।

बाढीले पुल बगाएपछि नौ दिनदेखि खोलापारी रहेका नागरिक बाटो खुलेको सूचना पाएसँगै विभिन्न स्थानका लागि हिँडेका थिए । सबै काम सकिन आज साँझ ५ वजेसम्म लाग्न सक्ने सडक डिभिजन इलामका इन्जिनियर हरेराम रिमालले बताए ।

बाटो खुल्ने आशामा ताप्लेजुङसहित हेँवा पारीको पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङतर्फबाट आएका संयौं यात्रु र सवारी साधन हिलिहाङ –७ मा अलपत्र परेको उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending