पाँचथर । बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको मेची राजमार्गस्थित रहेको हेँवा खोलाघाटमा डाइभर्सनको काम सकिएको सूचना पाएपछि संयौं सवारी साधन त्यसतर्फ लम्किए । सामाजिक सञ्जालमा आएको सो सूचनाका भरमा सवारी साधन तेता तिर लम्कीएका थिए ।
तथ्यहीन सूचनाको भर पर्दा अहिले सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् । हेँवा खोलामा डाइभर्सन गर्ने काम सुरु भएलगत्तै आइतवार साँझदेखि यातायात सुचारु हुने भन्दै यहाँका राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिले सो सूचना पोष्ट गरेका थिए । ताप्लेजुङ र हेँवाखोला पारीको पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका नागरिक फिदिम र इलाम हुँदै झापाका लागि हिडेका भए पनि अहिले अलपत्र अवस्थामा रहेका छन् ।
‘बाटो खुल्नै लाग्यो, आइतवार बेलुका नै खुल्छ’ भनेर सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि सवारी साधन त्यतातिर लागेका थिए । सवारी साधन हेवा दोभान आइपुगेको ७ घण्टा बित्दासम्म खुलेको छैन । तथ्यहिन सूचनाको भरपर्दा संयौं सवारी साधन र यात्रुले दुःख पाएकाे ताप्लेजुङ साबलाखुका नेत्र लिम्बूले बताए ।
हेवा खोलाकिनारका भारपाखण्डमै भेटिएका मानबहादुर माबोले पनि फेसबुकको सूचनालाई बिश्वास गरेर हिड्दा भोकप्यासै खोला किनारमा ८ घण्टा बिताउनु परेको गुनासो गरे । राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिले श्रेय लिनका लागि काम भइरहेको स्थानमा पुगेर सेल्फी खिच्दै हतारमा सूचना सम्प्रेषण गर्नेगरेकाले ती सूचनालाई आधिकारिक मानेर हिड्दा नागरिकले दुःख पाएको उनले बताए ।
सडक डिभिजन कार्यालय इलामले बाढीले पुल बगाएको हेवा खोलामा आइतवार विहानदेखि ह्युमपाइप राखेर डाइभर्सन गर्ने प्रयास थालिएको छ । कम्तिमा १० वटा ह्युमपाइप आवश्यक पर्ने सो स्थानमा ६ वटा मात्रै उपलव्ध भएपछि ढुङगा हालेर बाटो खोल्ने प्रयास भइरहेको छ ।
बाढीले पुल बगाएपछि नौ दिनदेखि खोलापारी रहेका नागरिक बाटो खुलेको सूचना पाएसँगै विभिन्न स्थानका लागि हिँडेका थिए । सबै काम सकिन आज साँझ ५ वजेसम्म लाग्न सक्ने सडक डिभिजन इलामका इन्जिनियर हरेराम रिमालले बताए ।
बाटो खुल्ने आशामा ताप्लेजुङसहित हेँवा पारीको पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङतर्फबाट आएका संयौं यात्रु र सवारी साधन हिलिहाङ –७ मा अलपत्र परेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...
पौष २ गते, २०८२ - ०८:५०
बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...




प्रतिकृया लेख्नुहोस्: