Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

तनहुँका स्थानीय तह- सात अर्ब ९१ करोडको बजेट, कुन पालिकाको कति ?

खबरडबली संवाददाता

तनहुँ । तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार एक सय ८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।

व्यासले रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार  र पुँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताइन्।

आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ४० करोड ६३ लाख ८६ हजार विनियोजन गरिएको छ ।

उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, सङ्घ सरकारको राजश्व बाँडफाँटबाट रु १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट रु दश करोड, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु दश करोड आय अनुमान गरिएको छ।

सङ्घ विशेष अनुदानबाट रु चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु दुई करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु दुई करोड नौ लाख ७१ हजार, सङ्घ समपुरक अनुदान रु दुई करोड दश लाख, प्रदेशको विशेष अनुदान रु एक करोड, सशर्त अनुदान रु एक करोड, समपुरक अनुदान रु एक करोड, प्रदेशको नवप्रवर्तनीय साझेदारी कोष अनुदान रु एक करोड, सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु एक करोड, जनसहभागिता नगदबाट रु ६० लाख र मूल्य श्रृङ्खला कार्यक्रम अनुदान रु १५ लाख हुने अनुमान गरिएको छ ।

भानु नगरपालिकाले रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड आठ लाख, सशर्त पुँजीगत रु एक करोड ३९ लाख, विशेष अनुदान रु एक करोड ५० लाख, समपुरक अनुदान रु दुई करोड २० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामले बताइन् ।

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान रु एक करोड ८८ लाख, राजश्व बाँडफाँटबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपुरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।

शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २२ करोड १६ लाख ३१ हजार आठ सय २० को अनुमानित बजेट प्रस्तुत गरेको छ । तीमध्ये समानीकरण अनुदान सङ्घबाट रु १६ करोड ३१ लख, राजश्व बाँडफाँट सङ्घबाट रु १२ करोड ९८ लाख ९० हजार, शशर्त अनुदान रु ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट रु एक करोड ९९ लाख ८८ हजार, राजश्व बाँडफाँट प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपुरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विशेश्वर कार्यक्रम अन्तर सरकारी अख्तियारीबाट रु छ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु दुई करोड ९४ लाख ४० हजार आठ सय २०, जनसहभागिताबाट रु तीन करोड आय हुने अनुमान गरिएको उपप्रमुख खुमबहादुर विकले बताए ।

व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार आठ सय २०, शशर्त अनुदानतर्फ रु ४१ करोड नौ लाख, प्रदेश समपुरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु नौ करोड ७६ लाख, सडकबोडतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु छ लाख, चालुखर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ ।

भिमाद नगरपालिकाले रु ६७ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । देवघाट गाउँपालिकाले रु ५२ करोड छ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । तीमध्ये चालुतर्फ रु ३३ करोड ४० लाख तीन हजार र पुँजीगततर्फ रु १८ करोड ६६ लाख ६१ हजार विनियोजन गरिएको उपप्रमुख भुवनसिं गुरुङले बताए ।

आँबुखैरेनी गाउँपालिकाले रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पुँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख दुर्गा अर्यालले जानकारी दिइन् ।

आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुई करोड ३२ लाख विनियोजन गरिएको छ ।

आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु दश करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ ।

बन्दीपुर गाउँपालिकाले रु ६२ करोड ६२ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । तीमध्ये चालुतर्फ रु ४२ करोड ४९ लाख र पुँजीगततर्फ रु २० करोड १३ लाख ९२ हजार विनियोजन गरिएको उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।

म्याग्दे गाउँपालिकाले रु ७३ करोड २६ लाख ९५ हजार तीन सय ६५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । तीमध्ये पुँजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार छ सय ७५ र चालूतर्फ रु ५७ लाख ३९ हजार ६ सय ९० गरी रु १६ करोड ४९ लाख ६९ हजार तीन सय ६५ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

घिरिङ गाउँपालिकाले रु ४९ करोड ६६ लाख ८९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु २६ करोड ९१ लाख ३४ हजार र पुँजीगततर्फ रु २३ करोड २६ लाख विनियोजन गरिएको उपाध्यक्ष राधादेवी अधिकारीले बताइन् । ऋषिङ गाउँपालिकाले रु ४९ करोड ९९ लाख ४९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending