मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका छन् ।
यो सम्झौताले येभगेनी प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतराको अन्त्य गरेको छ, तर विश्लेषकहरूले वाग्नरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा बढी कमजोर रूपमा उजागर गरेको बताएका छन् ।
मस्कोमा आइतबार पनि ‘आतङ्कवाद विरोधी अभियान’ अन्तर्गत लगाइएका सुरक्षा उपायहरू यथावत् छन् र प्रिगोजिन कहाँ रहेका भन्ने स्पष्ट जानकारी छैन ।
उहाँ अन्तिम पटक शनिबार अबेर राति रोस्तोभ–अन–डनबाट निस्केको एसयूभीमा देखिनुभएको थियो । उक्त स्थानमा उहाँका लडाकूहरूले कारको झ्यालबाट हात मिलाउन आएका युवा नागरिक दर्शकहरूको एक समूहको जयजयकारसँगै सैन्य मुख्यालय कब्जा गरेका थिए ।
बख्तरबन्द गाडी बोकेका ट्रक र लडाकुहरूसहित युवाहरू उहाँको कारको पछि लागेका थिए ।
पछिल्लो निर्णयसँगै अहिले प्रिगोजिनका सेनाले रोस्तोभ सैन्य मुख्यालय छोडेका छन् र मस्कोको उत्तरमा भोरोनिश र लिपेत्स्क क्षेत्रका अधिकारीहरूले वाग्नर एकाइहरू पनि पछाडि फर्केको बताएका छन् ।
वाग्नर लडाकुहरू मस्कोबाट ४०० किलोमिटरको दूरीमा आइपुगेको खबरहरू आएका थिए भने प्रिगोजिन आफैले ‘२४ घण्टामा हामी मस्कोको २०० किलोमिटर टाढा पुगेको’ दाबी गरेका थिए ।
युक्रेनमा रूसी कारबाहीलाई लिएर सेनाका उच्च अधिकारीहरूसँग लामो समयदेखि चलेको उहाँको विवाद शनिबार वाग्नर सेनाले रोस्तोभ सैन्य शिविर कब्जा गरेर राजधानीतर्फ अघि बढेपछि टुङ्गिएको थियो ।
पुटिनले यस कार्यलाई देशद्रोहको संज्ञा दिएका थिए । साथै उनले अपराधीहरूलाई दण्डित गर्ने प्रतिज्ञा गरेका थिए । उनीहरूले रूसलाई गृहयुद्ध निम्त्याउन खोजेकोे आरोप पुटिनले लगाएका थिए ।
तर सम्झौतापछि पुटिनले वाग्नर समूह र मस्कोको दशकौंको सबैभन्दा गम्भीर सुरक्षा सङ्कटलाई रोक्नको लागि प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउन सहमत भएका छन् ।
प्रिगोजिनले ‘रूसी रगत बग्न नदिन’ आफ्नो सेना शिविरमा फर्कने आश्चर्यजनक घोषणा गरेको केही घण्टामै क्रेमलिनले पुटिनको पूर्व सहयोगी बेलारुस प्रस्थान गर्ने जनाएको छ ।
रूसले प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउने बताएको छ ।
विश्लेषकहरूले यो सम्झौताले रूसी राष्ट्रपतिको सत्तामा पकडको कमजोरी उजागर गरेको पनि बताएका छन् ।
बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिनसँग युद्धविरामका लागि वार्ता भएको बताउनुभएको छ । मस्कोले सामान्यतया पुटिनको एक साझेदारको रूपमा हेर्ने लुकासेन्कोलाई प्रिगोजिनसँग युद्धविराम वार्ताका लागि धन्यवाद दिएको छ ।
सम्झौताको बारेमा थोरै मात्र थाहा छ, मिन्स्कले ‘दिनभरि वार्ता जारी रहेकोे’ भनेर मात्र जानकारी गराएको छ । यसबारे बिस्तृतमा केही बताएको छैन ।
प्रिगोजिनलाई बेलारुस जान पाउने ग्यारेन्टी दिइएको छ कि छैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्थानीय सञ्चारमाध्यमसँग भने, “यो रुसका राष्ट्रपतिको कुरा हो ।”
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सहयोगी माइकाइलो पोडोल्याकले ट्वीट गर्दै भनेका छन् , “प्रिगोजिनले पुटिन र राज्यलाई अपमानित गरेका छन् र हिंसामा अब एकाधिकार छैन भन्ने देखाएका छन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: