Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

पूर्वी पहाड तहसनहस हुँदा मध्य तराइमा किसानका आँखा आकाशतिरै

खबरडबली संवाददाता
काठमाडौं  । यतिबेला पूर्वी पहाडी जिल्लाहरुमा वर्षा र आएको बढी पहिरोका कारण तहस नहस बनाएको छ । बढी पहिरोमा परी ओखलढुंगा, संखुवासभा, तेह्रथुम, पाँचथर लगायतका जिल्लाहरुमा दर्जानौको ज्यान गई सकेको छ भने सयौं विस्थापित भएका छन् ।
 
वर्षा पछि आएको बाढी पहिरोका कारण पहाडी जिल्ला तहस नहस भई रहेको अवस्थामा तराईका जिल्लामा भने अडेरी परीरहेको छ । असारको पहिरो साता भइ सक्दा पनि पानी नपर्दा किसानहरुले धानको बिउ राख्न पाएका छैनन् । किसानहरु पानी कहिले पर्छ भनेर आकाश हेरेर बसी रहेका छन् । अलिकति कालो बादल लागेर आकास मडारीयो भने खुसी लागे पनि पानी नपर्दा अब आउँदो वर्षभरी के खाने भनेर किसान चिन्तामा रहेका छन् । 
 
पैवी पहाडलाई वर्षा र बढीपपिहरोले क्ष्त क्षित पारेपनि महोत्तरीका किसान आकाश हेरेर बस्न बाध्य भएका छन् ।  जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराहीका किसान समयमै वर्ष नहुँदा अहिले धान खेती गर्न पाएका छैनन् । आगामी वर्ष कसरी हातमुख जार्ने भन्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ । 
 
स्थानीय रामआश्रे मण्डलका आँखा यतिबेला आकाशतिरै तेर्सिएका छन् ।  कतै कालो बादलका धर्सा देखे भने आज पानी पर्ला कि भन्ने आशामा हौसिन्छन् । नहाँले दुई बिघा जमिनमा धानखेती गरेका छन् । त्यसको उब्जनीले १७ जनाको  परिवारलाई वर्ष दिन खान पुग्दछ । तर, यसपालि असारको पहिलो सातासम्म पानी नपर्दा समयमै रोपाइँ नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको उनी बताउँछन् । 
 
अर्का किसान रामबाबु चौधरीलाई पनि लामो समयदेखिको खडेरीको कारण धान रोपाइँ गर्न भएको समस्याले चिन्तित तुल्याएको छ ।  पनि कसरी लगाउने भन्ने चिन्तामा आफ्ना पाँच विगाहा खेतमा यसपाली धान डुबेका छन् । गाउँमा धान खेती गर्नेमा अग्रणी किसान उनी अहिले दिनरात यसपाली कसरी धानखेती गर्ने भन्ने चिन्तामा छन् । उनीहरुमात्रै होइन, बजराही गाउँका सबैजसो किसानहरुको चिन्ता समान रहेको छ । 
 
उनीहरुको बेचैनीका कारण खडेरी हो । खडेरीको कारण उनीहरु यसपाली धान खेती गर्न नपाउने भएको भन्दै पीडामा रहेका हुन् । यसअघिका वर्षहरुमा समयमै पानी परेर मौसमको अवस्था सामान्य हुँदा किसानलाई धान खेती गर्न कुनै समस्या भएको थिएन भने यसपाली लामो समयदेखि जिल्लामा पानी नपर्दा उनीहरु ठूलो सङ्कटमा छन् । 
 
बढ्दो वन विनाश, नदी खोलाको जथाभावी उत्खनन तथा दोहन र चुरे क्षेत्रको विनाशले तराई मधेसमा वर्षा कम हुने र भएका पानीका स्रोतहरु पनि सुक्दै गएका छन् । लामो समयदेखि पानी नपर्दा खडेरी लागेर यहाँका किसानहरुले अहिलेसम्म बीउ पनि छर्न सकेका छैनन् भने बीउ र ब्याड नहुँदा के रोप्ने र कसरी धान फलाउने चिन्ताले ग्रसित भएका छन् । पानी नपरेकै कारण अधिकांश किसानको खेत पनि अहिलेसम्म बाँझै रहेको छ भने केहीले ट्याक्टर लगाएर जोतेका खेतहरु पनि सुकेर पुनःचट्टान बनिरहेकाले यसपाली बजराहीका किसानमा धानखेती गर्न नसकिने हो कि भन्ने आशङ्का रहेकोछ । 
 
असारको पहिलो साता बितिरहँदा जिल्लामा आधा रोपाइँ सकिन्थ्यो । यस वर्ष अहिलेसम्म अधिकांश किसानहरुले बीउ पनि राख्न नसकेको कृषि ज्ञानकेन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवले बताए  । बजराहीमा मात्र नभएर धान खेतीका लागि उर्बर मानिने गौशाला नगरपालिका तथा एकडारा, सम्सी, सोनमा र बलवा नगरपालिकाका किसानको पनि समस्या उस्तै रहेको उनको भनाइ  छ । 
 
लामो समयदेखि पानी पर्ने आशामा रहेका गौशाला नगरपालिका–११ का किसान दिनेश महतोले खडेरीका कारण आफूले ब्याड तयारी गरेर पनि अहिलेसम्म बीऊ छर्न नपाएको बताए । स्थानीय हजारी साहले आफूले यसपाली धानखेती गर्ने सबै खेत पहिलेदेखि नै खनजोत गरी तयार गर्न नसकेको तर एकाध खेत तयार गरेको भए पनि ती खेतमा लगाउने बीउ अहिलेसम्म राख्न नपाएको गुनासो गरे । 
 
असारको पहिलो साता हुँदा पनि नराखेको बीऊ कहिले तयार परेर रोप्ने भन्दै उनी प्रश्न गर्छन् । यस्तै अवस्था रहे आगामी वर्ष भोकभोकै मरिने पो हो कि भन्ने चिन्ताले सताएको उनले बताए ।
 
त्यसैगरी जिल्लाको सीमानाकामा अवस्थित सोनमा गाउँपालिका–४ का किसान बिकाऊ यादवले अघिल्ला वर्षहरुमा प्रशस्त पानी परेका कारण खेतबारीमा विभिन्न प्रजातिका धानका बीउ तयार गरेर लगाउँदै आएकामा यसपाली अहिले पाँच/छ महिनादेखि एक थोपा पानी नपर्दा खेतीपाती हुन नसकेको बताए । 
 
महोत्तरी जिल्लामा जम्मा ७१ हजार ५१७ हेक्टर खेतीयोग्य जग्गा रहेकामा ४४ हेक्टर जग्गामा धान खेती हुने गर्दछ । सामान्यतः किसानहरुले आफ्नो खेत खनजोत गरी तयार गरिसकेर जेठ महिनाको पहिलो र दोस्रो सातामा नै बीऊ छर्किने गर्दथे भने असारको १५ गतेभित्र रोपाइँ हुने गर्दथ्यो । यतिबेला किसानहरु कहिले पानी पर्ला भनेर आकासतिर हेर्दै प्राथना गरेका छन् । 
 
ज्ञान केन्द्रका प्रमुख डा यादवले जिल्लामा आकाशे पानीको भरमा धान खेती हुँदै आएकाले पर्याप्तमात्रामा पानी नपरे जिल्लामा रोपाई नहुने तर्क राखे । केही स्थानमा स्यालो ट्युबवेल, डिप बोरिङ र कुलो, नहर रहेपनि चार÷पाँच प्रतिशत मात्रै खेत सिञ्चित हुने गरेको उनको भनाइ छ  ।
 
जिल्लाका किसानहरुले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसँग जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न र यहाँका धानखेती गर्ने किसानलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending