काठमाडौं । नेपालमा दैनिक सरदर ३७ वटा सडक दुर्घटना हुने गरेका छन् । दैनिक हुने दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु र ४० घाइते हुने गरेको प्रहरी तथ्यांकले देखाएकाे छ ।
सडक दुर्घटनामा सवारी चालकको कमजोरी, सवारी साधनको अवस्था, सडकको स्तर र मौसम प्रमुख कारक मानिन्छन् । तर, बिनाअध्ययन मनलाग्दी तरिकाले बनाइएका सडक, फितलो अनुगमन, ग्रामीण क्षेत्रका साँघुरा सडक तथा सवारीको नियमित मर्मत सम्भारको अभाव लगायतका कारण दुर्घटना हुने गरेको विज्ञहरुको भनाइ छ ।
यही असार चार गते हुम्लाको सिमकोटबाट हिल्सा जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भयो । त्यसको भोलिपल्ट भएको कार दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भयो । असार ६ गते बाग्लुङको काठेखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाए ।
शुक्रबार गोरखाको शहिद लखन गाउँपालिकामा ग्रामीण कच्ची सडकबाट करिब दुई सय मिटर तल जीप खस्दा ५ जनाको मृत्यु भयो । शुक्रबार नै काठमाडाैंबाट भारतका लागि छुटेकाे बस धादिङमा दुर्घटना हुँदा एक जनाकाे ज्रयान गयाे भने शुक्रबार नै काभ्रेकाे बेथानचाेकमा बाेलेराे दुर्घटना हुँदा तीनजना ङाइते भए भने एक जनाकाे ज्यान गएकाे छ ।
यी त प्रतिनिधि घटनामात्रै हुन् । २०४६ यता ग्रामीण क्षेत्रमा बिनाअध्ययन जथाभाबी तरिकाले सडक बनाउने होडबाजी बढेको छ । डोजरले खनिनसक्दै गाडी चलाउन व्यवसायी हतारिन्छन् । तर, ती सडक न मर्मतसम्भार हुन्छन्, न तिनको स्तरोन्नतिमा जनप्रतिनिधि नै तात्छन् । अधिकांश दुर्घटना यस्तै ग्रामीण सडकमा हुने गरेका छन् ।
सडक दुर्घटनाको ग्राफ बर्सेनि बढ्दो छ । प्रहरीको तथ्यांकअनुसार २०७८/७९ मा २४ हजार ५३७ सडक दुर्घटना भएकामा २ हजार ७२४ ले ज्यान गुमाए । २०७९/८० को जेठसम्ममा भएका २१ हजार ४८३ दुर्घटनामा २ हजार २०४ जनाले ज्यान गुमाइसकेका छन् ।
सडक विभागले साढे २ दशकअघि बनाएको रोड सेफ्टी अडिट गाइडलाइनमा सडकको सम्भाव्यता अध्ययन, डिजाइन, निर्माण र प्रयोगअघि सेफ्टी अडिट गर्नुपर्ने मापदण्डको व्यवस्था गरिए पनि पालना भएको छैन । अन्धाधुन्द खनिएका सडक साँघुरो र गुणस्तरमा समेत कमजोर हुने गरेका छन् । सडकको डिजाइनमा हुने त्रुटि र कमजोरीका कारण पनि दुर्घटना बढिरहेको विज्ञको भनाइ छ ।
६० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक छ । सोही कारण यातायात व्यवस्था विभागले २०६९ मा व्यावसायिक सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमावलीको मस्यौदा नै बनाएको थियो । त्यो पनि कार्यान्वयनमा आएन । थाम्नै नसक्ने भार एवं सवारी तथा सडक नियमित मर्मतसम्भारको अभाव पनि नेपालमा सवारी दुर्घटनाका कारक बनिरहेका छन् ।
यातायात व्यवस्था ऐनले प्रत्येक सवारी साधनको तीन/तीन महिनामा परीक्षण गर्नुपर्ने व्यवस्था गरेको त छ, कार्यान्वयनमा यातायात व्यवस्था विभागले चासो देखाएको छैन । टेकुमा रहेको एकमात्र भेहिकल फिटनेस सेन्टर पनि प्रभावकारी छैन ।
विभिन्न आयोग तथा समितिले दुर्घटना न्युनीकरणका लागि दिने सुझाव कार्यान्वयनमै सरकार उदासीन रहने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: