काठमाडौं । नेपालमा दैनिक सरदर ३७ वटा सडक दुर्घटना हुने गरेका छन् । दैनिक हुने दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु र ४० घाइते हुने गरेको प्रहरी तथ्यांकले देखाएकाे छ ।
सडक दुर्घटनामा सवारी चालकको कमजोरी, सवारी साधनको अवस्था, सडकको स्तर र मौसम प्रमुख कारक मानिन्छन् । तर, बिनाअध्ययन मनलाग्दी तरिकाले बनाइएका सडक, फितलो अनुगमन, ग्रामीण क्षेत्रका साँघुरा सडक तथा सवारीको नियमित मर्मत सम्भारको अभाव लगायतका कारण दुर्घटना हुने गरेको विज्ञहरुको भनाइ छ ।
यही असार चार गते हुम्लाको सिमकोटबाट हिल्सा जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भयो । त्यसको भोलिपल्ट भएको कार दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भयो । असार ६ गते बाग्लुङको काठेखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाए ।
शुक्रबार गोरखाको शहिद लखन गाउँपालिकामा ग्रामीण कच्ची सडकबाट करिब दुई सय मिटर तल जीप खस्दा ५ जनाको मृत्यु भयो । शुक्रबार नै काठमाडाैंबाट भारतका लागि छुटेकाे बस धादिङमा दुर्घटना हुँदा एक जनाकाे ज्रयान गयाे भने शुक्रबार नै काभ्रेकाे बेथानचाेकमा बाेलेराे दुर्घटना हुँदा तीनजना ङाइते भए भने एक जनाकाे ज्यान गएकाे छ ।
यी त प्रतिनिधि घटनामात्रै हुन् । २०४६ यता ग्रामीण क्षेत्रमा बिनाअध्ययन जथाभाबी तरिकाले सडक बनाउने होडबाजी बढेको छ । डोजरले खनिनसक्दै गाडी चलाउन व्यवसायी हतारिन्छन् । तर, ती सडक न मर्मतसम्भार हुन्छन्, न तिनको स्तरोन्नतिमा जनप्रतिनिधि नै तात्छन् । अधिकांश दुर्घटना यस्तै ग्रामीण सडकमा हुने गरेका छन् ।
सडक दुर्घटनाको ग्राफ बर्सेनि बढ्दो छ । प्रहरीको तथ्यांकअनुसार २०७८/७९ मा २४ हजार ५३७ सडक दुर्घटना भएकामा २ हजार ७२४ ले ज्यान गुमाए । २०७९/८० को जेठसम्ममा भएका २१ हजार ४८३ दुर्घटनामा २ हजार २०४ जनाले ज्यान गुमाइसकेका छन् ।
सडक विभागले साढे २ दशकअघि बनाएको रोड सेफ्टी अडिट गाइडलाइनमा सडकको सम्भाव्यता अध्ययन, डिजाइन, निर्माण र प्रयोगअघि सेफ्टी अडिट गर्नुपर्ने मापदण्डको व्यवस्था गरिए पनि पालना भएको छैन । अन्धाधुन्द खनिएका सडक साँघुरो र गुणस्तरमा समेत कमजोर हुने गरेका छन् । सडकको डिजाइनमा हुने त्रुटि र कमजोरीका कारण पनि दुर्घटना बढिरहेको विज्ञको भनाइ छ ।
६० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक छ । सोही कारण यातायात व्यवस्था विभागले २०६९ मा व्यावसायिक सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमावलीको मस्यौदा नै बनाएको थियो । त्यो पनि कार्यान्वयनमा आएन । थाम्नै नसक्ने भार एवं सवारी तथा सडक नियमित मर्मतसम्भारको अभाव पनि नेपालमा सवारी दुर्घटनाका कारक बनिरहेका छन् ।
यातायात व्यवस्था ऐनले प्रत्येक सवारी साधनको तीन/तीन महिनामा परीक्षण गर्नुपर्ने व्यवस्था गरेको त छ, कार्यान्वयनमा यातायात व्यवस्था विभागले चासो देखाएको छैन । टेकुमा रहेको एकमात्र भेहिकल फिटनेस सेन्टर पनि प्रभावकारी छैन ।
विभिन्न आयोग तथा समितिले दुर्घटना न्युनीकरणका लागि दिने सुझाव कार्यान्वयनमै सरकार उदासीन रहने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: